आगलागीबाट छ लाखको क्षति

आगलागीबाट छ लाखको क्षति


दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करिब ६ लाखबराबरको क्षति भएको छ । आइतबार बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

प्रहरी उपरीक्षक पाण्डेका अनुसार घरमा पालिएका दुई सय कुखुरा जलेर मरेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।