सात लाख नगदसहित २१ जुवाडे पक्राउ

सात लाख नगदसहित २१ जुवाडे पक्राउ


काठमाडौंस्थित बौद्धमा जुवा खेलिरहेको अवस्थामा २१ जुवाडे पक्राउ परेका छन् ।

बौद्धको फूलबारीस्थित लोप्साङ लामाले एउटा सिंगै घर भाडामा लिएर सञ्चालन गरेको उक्त मिनी क्यासिनोमा प्रहरीले आइतबार बिहान छापा मार्दा ७ लाख १९ हजार ८ सय २० रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।

ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले लामाको उक्त घरमा छापा मारेको हो । प्रहरीले सो अवसरमा जुवा खेल्न प्रयोग हुने क्वाइन १५ किलो र तास पनि बरामद गरेको थियो ।