बैंक लुट्ने यो काइदा ! -नवीन उप्रेती

बैंक लुट्ने यो काइदा ! -नवीन उप्रेती


लुटेराले नगद तथा सम्पत्ति लुट्नका लागि चक्कु, खुकुरी, तरबार, पेस्तोल तथा बन्दुकजस्ता हतियार प्रयोग गर्ने गरेका हामीले आमरूपमा सुन्दै-देख्दै आएको कुरा हो । तर, लुटपाटमा प्रयोग गरिने यस्ता विश्वव्यापी रूपमा प्रचलित हतियारलाई पूर्णतः उपेक्षा गर्दै एक अमेरिकी महिलाले बैंक लुटपाटका लागि अलग र अनौठो हतियार अपनाएको घटना सार्वजनिक भएको छ ।
घटना हालै अमेरिकी सहर डेनभरमा घटेको हो । रेलको कन्डक्टरले लगाउने युनिर्फमको भेषमा एक दुब्ली-पातली अन्दाजी ६०/७० वर्षकी वृद्ध महिला डेनभर सहरस्थित जनरल स्टोरमा रहेको एक बैंकमा घुसिन् र बैंक क्यासियरको हातमा एउटा पर्चा थमाइन् । उक्त पर्चामा लेखिएको थियो, ‘म एड्सग्रसित महिला हुँ, यदि मैले मागेजति धन तत्काल नदिए मेरो आफ्नै विधि प्रयोग गरेर एड्सको जीवाणुबाट अहिले नै सङ्क्रमित तुल्याइदिनेछु ।’ लगातार खोकिरहने उक्त वृद्ध महिलाको सो अनौठो धम्कीबाट क्यासिएर अत्तालिए र दायाँबायाँ सोच्दैनसोची नगद सुम्पिदिए । त्यसपछि आरामसाथ उक्त लुटेरा महिला फरार भएकी थिइन् ।

छोरो बलात्कारी बन्दा…
पाकिस्तानको खैबर पख्तुनख्वा नामक प्रतन्तको हरिपुर भन्ने ठाउँमा यही जुन महिनाको पहिलो साता एउटी महिलालाई निर्वस्त्र तुल्याएर बस्ती घुमाइयो । यो घटना नितान्त नौलो नभए पनि उनलाई त्यसरी सर्वाङ्ग नङ््ग्याएर बेइज्जत गरिनुको कारकतत्त्व भने अस्वाभाविक थियो । भएछ के भने सोही बस्तीकै एक महिला उनको लोग्नेको अनुपस्थितिमा गर्भवती भइछन् । जब लोग्नेले त्यो जानकारी पायो, उसले ‘जिरगा’ भनिने गाउँकै एक न्यायिक निकाय गुहारेछ । जिरगाका सदस्यहरूले गर्भवती महिलालाई केरकार गरेपछि तिनले गाउँकै एक युवकले आफूलाई बलात्कार गरेको पोल लगाइछिन् । त्यसपछि जिरगाले बलात्कारको आरोप लागेको युवकलाई सोधपुछ र कारबाही गर्नुको साटो उसकी आमालाई नाङ्गो तुल्याएर बस्ती घुमाउने निर्णय सुनाएछ । यसरी बलात्कार-आरोपी छोराका कारण उसकी आमाले यस्तो जघन्य यातना झेल्नुपरेछ । न्यायको यो कति कलुषित रूप !-

साठी पुग्न लाग्दा पनि रहर नमरेपछि…
सुपर मोडेलका रूपमा कुनै बेला ख्याति कमाएकी कृष्टि ब्रिङ्क्ले यतिबेला ५७ वर्षकी भइन् । तर, मोडेलिङबाट अकुत धन आर्जन गरेकी यी बेलायती पूर्वसुपरमोडल पाँचौँ विवाहको तयारीमा छिन् । आफूले प्रेम गर्न नछोडेको र अब पाँचौँ विवाहको तयारीमा लागेको घोषणा गर्ने क्रममा हालै उनले एउटा र्सत तेस्याईन्, ‘अबको मेरो प्रेमी यस्तो हुनुपर्नेछ जो मेरो सम्पत्तिप्रति पटक्कै र्‍याल नचुहाओस् ।’ डेली स्टार डट को डट युके नामक वेबसाइटले जनाएअनुसार लगभग चार वर्षअघि कृष्टिले आफ्नो चौथो लोग्ने पिटर कुकलाई डिभोर्स दिँदा १० लाख २५ हजार पाउन्ड चुक्ता गर्नुपरेको थियो । आफूलाई इच्छा लागेको पुरुष भोग्नैपर्ने कमजोरीका कारण बेलाबेलामा यी पूर्वसुपरमोडलले सोच्दैनसोचेको धनराशि खर्च गर्नुपर्ने झमेला व्यहोर्दै आएकी पनि साइटले उल्लेख गरेको छ ।

नेताको बचावटमा हिरोइन अग्रसर
इटलीका प्रधानमन्त्री सिलबियो बर्लुस्कोनी यतिबेला यस्तो मुद्दाको सामना गरिरहेका छन् जसअनुसार उनमाथि उमेर नपुगेकी एक किशोरीलाई नगद-जालमा पारेर यौनतुष्टि मेटाएको आरोप छ । विश्वव्यापी चर्चा पाएको यस प्रकरण जारी रहेकै परिवेशबीच सबिना बेगम नाम गरेकी एक इटालीयन अभिनेत्री बर्लुस्कोनीको बचावटका लागि बेग्लै तर्कका साथ मैदानमा उत्रिएकी छिन् । ३६ वर्षीया सबिनाले इटलीयन रेडियोमा अन्तर्वार्ता दिँदै यस्तो दाबी गरिन्, ‘बर्लुस्कोनी अत्यन्त धार्मिक व्यक्तित्व हुन्र्,र् इश्वर भनेपछि भुतुक्कै हुने उनी एकदम असल छन्, मजस्ती नास्तिक र मनपरी आचरण गरी हिँड्ने महिलासमेत बर्लुस्कोनीबाट प्रभावित भएर धार्मिक बन्न पुगेकी छु । उनीमाथि सेक्स स्क्यान्डलको आरोप लगाउनु बेकार हो ।’ स्मरण रहोस्, ७४ वर्षीय बर्लुस्कोनीमाथि व्यभिचार तथा यौनसम्बन्धी थुपै्र आरोप लाग्दै आएको छ ।