नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी


खुला प्रतिस्पर्धाबाट छानिएका डिल्लीराम अधिकारी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएका छन् । अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वको छनौट समितिले नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।