वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि छलफल हुँदै

वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि छलफल हुँदै


वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनमा आज छलफल हुने भएको छ ।

संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिले तयार पारेको सो परिमार्जनसहितको प्रतिवेदनमाथि छलफल हुने भएको हो । नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले वाइड बडी विमान खरिदमा ४ अर्ब ३५ करोड भन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । उपसमितिले बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित दुई पूर्व मन्त्री तथा मन्त्रालयका बहालवाला तथा पूर्व सचिव एवम् निगमका अधिकारीमाथि कारवाहीको सिफारिस गरेको छ ।

उपसमितिको प्रतिवेदनमाथि शुक्रबारदेखि समितिमा छलफल सुरु भएको हो । शुक्रबार भएको छलफलमा सत्ता पक्षका सांसदले उपसमितिको प्रवितेदन सन्तुलित नरहेको आरोप लगाएका थिए । उनीहरुले उपसमितिले नियोजित रुपमा प्रतिवेदन तयार पारेको भनेका थिए भने कांग्रेसका सांसदले प्रतिवेदन सही रहेको बताएका थिए ।