डडेल्धुरा सदरमुकाममा आगलागी, १० पसल जले

डडेल्धुरा सदरमुकाममा आगलागी, १० पसल जले


गएराति डडेल्धुराको अमरगढीस्थित बसपार्कमा आगलागी भएको छ । अमरगढी– ५, बसपार्कमा राति १२ बजे आगलागी भएको हो ।

आगलागी हुँदा १० पसल जलेर नष्ट भएको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ । आगलागीबाट बसपार्क पिपलचौतारीका तरकारी पसल, नास्ता पसल तथा माछा पसल जलेका हुन् । अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । डडेल्धुरामा ९ दिनको अन्तरालमा भएको यो चौथो आगलागीको घटना हो ।