राष्ट्रपतिसमक्ष चार राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस


नेपालका लागि विभिन्न चार मुलुकका राजदूतले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका आवासीय राजदूत जो योङ, जनवादी गणतन्त्र चीनका आवासीय राजदूत हाउ याङ्की, साउदी अरेबियाका आवासीय राजदूत मुसाइद बिन सुलाइमन र स्वेडेनका गैरआवासीय राजदूत कलास मोलिन छन् ।

आज शीतल निवासमा आयोजित समारोहमा उनीहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।


rss