पाँचथरको तुम्वेवामा प्राइम कमर्सियल बैंक

पाँचथरको तुम्वेवामा प्राइम कमर्सियल बैंक


आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको तुम्वेवा गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालनपछि बैंकको शाखा कार्यालय संख्या ७० पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा सोमबार एक समारोहका बीच तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालय तुम्वेवाको समुदघाटन गरे ।

यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा पनि शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिबद्धता प्रकट गर्दछ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताइएको छ ।