आजको पञ्चाङ्ग एवम् राशिफल (बुधबार, २५ पुस २०७५, ९ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (बुधबार, २५ पुस २०७५, ९ जनवरी २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ हेमन्त ऋतु वि.सं. २०७५ पुस २५ गते बुधबार तद्अनुसार सन् २०१९ जनवरी ९ तारिख पौष शुक्लपक्ष तृतीया तिथि १२ः१२ पर चतर्थी तिथि धनिष्ठा नक्षत्र सिद्ध योग वणि करण आनन्दादिमा मित्र योग चन्द्रमा बिहान ११ः३५ बजेसम्म मकर राशिमा पछि कुम्भ राशिमा भ्रमणशील होला । काठमाडौंमा सूर्योदय बिहान ६ः५८मा भयो र सूर्यास्त साझ १७ः२४ मा हुनेछ । राहु काल– १२ः११ देखि १३ः३० । दिशा शूल– उत्तर ।

राशिफल :

मेष राशि – चन्द्रमा बिहान ११ः३५ बजेसम्म कर्म स्थानमा पछि लाभघरमा भ्रमणशीर रहनेछ । फलस्वरुप बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । धनसित सम्बन्धित काम बढ्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । घरको सुखशान्ति बढ्नेछ । मान पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । आय वृद्धि हुनेछ । मनोकूलको काम बन्नेछ ।

वृष राशि– आयस्रोत बढ्नेछ । दूरदेशबाट शुभ समाचार प्राप्त होला । सुख–समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय मिल्नेछ । खर्च बढ्ला । हासविलासमा रुचि बढ्ला ।

मिथुन राशि– आज बिहान ११ः३५ बजेसम्म चन्द्रमा आठौं स्थानमा भ्रमणशील रहनेछ अतः खर्च बढ्ला । हासविलासमा आकर्षण बढ्नेछ । कुनै बस्तु हराउने डर रहनेछ । लापर्वाही नगर्नु उचित रहला । यस अवधिभित्र जोखिममा पर्नु र नियमकानूनलाई तोड्नु उचित हुनेछैन । यस पश्चातको समयमा चन्द्रमा भाग्यघरमा भ्रमणशील हुनेछ । फलस्वरुप शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ ।

कर्कट राशि – धन सम्पति बढ्ला । आय स्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुख शान्ति बढ्नेछ । कार्यमा सफलता मिल्नुको साथै पारिवारिक स्थिति । पनि अनुकूल रहनेछ । चन्द्रमा बिहान ११ः३५ बजेपछिबाट आठौँ घरमा भ्रमणशील होला, अतः यस पश्चातको समयमा कुनै प्रकारको रिस्की कार्यमा लाग्नु उचित हुने छैन ।

सिंह राशि – उन्नति पदोन्नति हुनेछ । कार्यमा नयाँ सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग समर्थन प्राप्त हुनेछ । यश–वर्चश्व बढ्ला । आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नेछ । धनसम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । आनन्दित रहनुहुनेछ ।

कन्या राशि – धर्म कर्ममा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुख–शान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेमपात्रको मयाममता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ ।

तुला राशि – बिहान ११ः३५ बजेसम्म चन्द्रमा पाँचौँ स्थानमा भ्रमणशील रहनेछ फलस्वरुप शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा सफलता मिल्नेछ । प्रेम पथमा सफल हुनुसँगै पारिवारिक सुख शान्ति पनि बढ्नेछ । यस पश्चातको समयमा नियम–कानूनलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । अरूमाथि आँखा चिम्लेर भर नपर्नु बेस रहनेछ ।

वृश्चिक राशि – धन सम्पत्ति बढ्नेछ । सुख शान्ति बढ्ला । आरोग्यता बढ्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रा परक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा–उत्साह बढ्ला ।

धनु राशि – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उन्नति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदवी प्राप्त हुनेछ । भोज–भतेरमा भाग लिनुहुनेछ ।

मकर राशि – प्रेममा सफलता मिल्नेछ । सुख–समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ र सौभाग्यशाली काम बन्नेछ ।

कुम्भ राशि – चन्द्रमा राशिदेखि बिहान ११ः३५ बजेसम्म बाह्रौं स्थानमा रहला, अतः खर्च बढ्नेछ । विवाद हुने सम्भावना रहला । ठगिने, धोखा हुने डर रहला । स्वास्थ्यप्रति ध्यान राख्नु पर्नेछ । यसपछि चन्द्रमा राशिमा भ्रमणशील होला, फलस्वरुप शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख आनन्द आरोग्यता धन मान महत्व बढ्नेछ ।

मीन राशि – यात्रापरक काममा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यता बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । यात्रासित सम्बन्धित काम बन्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । आर्थिक काम बन्नेछ ।