आजको पञ्चाङ्ग एवम् राशिफल (३ माघ २०७५ विहिबार, १७ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ माघ २०७५ विहिबार, १७ जनवरी २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ विरोधकृत् नामक सम्वत्सर शिशिर ऋतु वि.सं.२०७५ माघ ३ गते तद्अनुसार सन् २०१९ जनवरी १७ तारिख विहीबार पौष शुक्लपक्ष एकादशी तिथि कृतिका नक्षत्र १०ः५ पर रोहिणी नक्षत्र शुक्ल योग वणिकरण ७ः०० पर बब करण आनन्दादिमा लुम्व योग चन्द्रमा बृष राशिमा, काठमाडौमा सूर्योदय विहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः३० मा हुनेछ । आज पुत्रदाएकादशीव्रतम् छ । भद्रा बिहान ७ देखि बेलुकी १८ः३१ सम्म रहने छ । बृष राशिको भद्रा स्वर्गमा हुने हुँदा अति आवश्यक काम गर्न सकिन्छ । शुभ समय अभिजित– ११ः५३ देखि १२ः३५ अशुभ समय राहु काल– १३ः३३ देखि १४ः५३ दिशा शूल– दक्षिण ।

आजको राशिफल :

मेष राशि – दिन शुभ र सफलतादायक रहनेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । धनसम्पत्ति बढ्नेछ । सुख–शान्तित बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । प्रसिद्धि र ख्याति फैलिनेछ । हासविलासमा आकर्षण बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ ।

बृष राशि – सुख समृद्धि बढ्नेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आफन्तको सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मिथुन राशि – पढाइलेखाइमा रुचि बढ्नेछ । प्रेममा सफलता पाउनुहुनेछ । सुख–आनन्द बढ्ला । इष्टमित्र प्रेमपात्र सन्तान आदिको साथ पाउनुहुनेछ । गीत–संगीत कला साहित्य आदि क्षेत्रसित सम्बन्धित काममा सफलता पाउनुहुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा–उत्साह पनि बढ्ला ।

कर्कट राशि – आयस्रोत बढ्नेछ । भागदौड बढ्ला । ठगिने धोखा छल आदि हुने डर रहने छैन । विवादमा पर्ने र अरुको भरमा बस्ने स्थिति आउने छैन । सोचिविचारी कागजपत्रमा हस्ताक्षर गर्नुहुनेछ । धन सम्पत्ति बढ्नेछ ।

सिंह राशि – सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ ।

कन्या राशि – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता भेटिने छ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

तुला राशि – समय शुभ र सफलताप्रदायक कार्यमा बिघ्न बाधादायक खालको रहला । ऐनकानूलाई ध्यानमा राख्नुसँगै कुनै प्रकारको जोखिममा नपर्दा उचित होला । मिठो भोजन मिल्नेछ । गोप्य काम बन्नेछ । चिट्ठा पर्न सक्छ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनु पर्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – धन सम्पत्ति बढ्नेछ । भागदौड व्यस्तता कमी हुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु राशि – अन्नधन बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर राशि – उन्नति पदोन्नति हुनेछ । कर्मयोगी रहनुहुनेछ । प्रयासरत काम बन्नेछ । यश वर्चश्व बृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेटिएला । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ ।

कुम्भ राशि – यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त हुनेछ ।

मीन राशि – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । समय शुभ र सफलतादायक रहला ।