आजको पञ्चाङ्ग एवम् राशिफल (४ माघ २०७५ शुक्रबार, १८ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ माघ २०७५ शुक्रबार, १८ जनवरी २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ माघ ४ गते शुक्रबार तद्अनुसार सन् २०१९ जनवरी १८ तारिख पौष शुक्लपक्ष द्वादशी तिथि रोहिणी नक्षत्र ९ः३५ पर मृगशिरा नक्षत्र ब्रम्हा योग कौलव करण आनन्दादिमा मित्र योग चन्द्रमा वृष राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः३१ मा हुनेछ । शुभ योग अभिजित– ११ः५३ देखि १२ः३५ अशुभ योग राहुकाल– १०ः५५ देखि १२ः१४ दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – चन्द्रमा राशिदेखि दोस्रो स्थानमा भ्रमणशील छ । ग्रहगोचरको प्रभाव स्वरुप धन मान महत्व व्यक्तित्व बढ्नेछ र मनोकूलको काममा सफलता मिल्नेछ । शैक्षिक र रचनात्मक काममा सफलता मितङठङल्नेछ । ईष्ट मितको सहयोग मिल्नेछ । आफन्त–सुख बढ्ला । सुख शान्ति आनन्द बढ्नेछ । उन्नति पदोन्नति हुने । वार्तामूलक कार्य बन्नेछ । मान महत्व बढ्ला ।

बृष राशि – भाग्य बढ्ला । मिठो भोजन मिल्नेछ । सुख–सुविधाको वस्तु बढ्नेछ । भागदौड भैरहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । स्वास्थ्यमा सुधार हुनेछ । विशेष गरी धर्मकर्मसम्बन्धी काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहने छ । अरुको भर नपर्नु नै उचित रहने छ ।

मिथुन राशि – आँट उत्साह बढ्नेछ । लगानी बढ्नेछ । हासविलासमा रुचि बढ्ला । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । चिठ्ठा आदि पर्न सक्छ ।

कर्कट राशि – आयस्रोत धन मान सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश–गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्ला । आरोग्यता बढ्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।

सिंह राशि – सुख सफलता मिल्नेछ । मान सम्मान मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । विजयश्री मिल्नेछ । भोग विलासको अवसर भेट्ला ।

कन्या राशि – शुभ र भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । धर्मकर्ममा रुचि बढ्नेछ । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा आकर्षण बढ्नेछ । प्रेमपथमा सफलता मिल्नेछ ।

तुला राशि – आकस्मिक लाभ मिल्ला । उन्नति हुनेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । उधारो लगानी लगाएको धन उठ्ला । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नुहुनेछ । ख्याति फैलिनेछ ।

वृश्चिक राशि – मनोकुलको काम बन्नेछ । यश–वर्चश्व बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखापरेसंँगसंगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा रुचि बढ्नेछ ।

धनु राशि – उन्नति हुनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धन सम्पत्ति बढ्ला । मान यश बढ्नेछ । ख्याति फैलिएला । दुुःख दरिद्री भाग्नेछ । सुख शान्ति बढ्नेछ । पुरस्कार प्राप्त होला । वार्तामा सफलता प्राप्त होला । मान गौरव बढ्नेछ ।

मकर राशि – दिन शुभ फलदायक रहनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमुलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला ।

कुम्भ राशि – सुख आनन्द बढ्नेछ । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । लगानी बढ्नेछ । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ ।

मीन राशि – आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौग्यमा बृद्धि हुनेछ । आयस्रोतमा बढोतरी हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ ।