आजको पञ्चाङ्ग एवम् राशिफल (५ माघ २०७५ शनिबार, १९ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ माघ २०७५ शनिबार, १९ जनवरी २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीसूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सम्वत् १११९ वि.सं. २०७५ माघ ५ गते शनिबार तद्अनसार सन् २०१९ जनवरी १९ तारिख पौष शुक्लपक्ष त्रयोदशी तिथि १५ः३५ पर चतुर्दशी तिथि, मृगशिरा नक्षत्र ८/४२पर आद्र्रा नक्षत्र, ऐन्द्र योग, गर करण आनन्दादिमा बज्र योग चन्द्रमा मिथुन राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः३२ मा हुनेछ । शुभ समय अभिजित– ११ः५३ देखि १२ः३६ राहु काल– ९ः३५ देखि १०ः५५, दिशा शूल– पूर्व ।

आजको राशिफल :

मेष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नेछ । नयाँ काममा पनि सफलता मिल्नेछ । मान महत्व बढ्ला ।

बृष राशि – वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । पितृसुख बढ्नेछ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत संगीतमा आकर्षण बढ्ला । इष्टमित्रबाट सहयोग समर्थन मिल्नेछ । आफन्तको साथ पाइनेछ । साथीभाइबीच आमोदप्रमोदमा रम्नुहुनेछ । राजकीय कार्य बन्नुको साथै उच्चाधिकारीको सहयोग प्राप्त होला ।

मिथुन राशि – यात्रा हुने र महत्वपूर्ण काम बन्ने सम्भावना रहनेछ । भाग्योदय हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र कार्यमा लापर्वाही गर्नु उचित हुनेछैन । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्रमा हस्ताक्षर गर्नुहुनेछ । धर्मकर्ममा प्रवृत्त रहनु उचित होला । ध्यान र ऊर्जालाई कारोबारमा केन्द्रित गर्नु बढी हितकर रहला ।

कर्कट राशि – लगानी बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । लाटरी आदि लाग्नेछ । सुख शान्ति ऐश्वर्य बढ्नेछ । आरोग्यता बढ्नेछ । आयातनिर्यातसम्बन्धी काम बन्ला । लेखनप्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घरपरिवारको स्थिति सुखकारी रहला । मान प्रसिद्धि बढ्नेछ । जोखिम आदिमा नपर्दा बेस रहला ।

सिंह राशि – आयस्रोत बढ्नेछ । आर्थिक र बौद्धिक प्रगति होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । सुख सुविधा बढ्नेछ ।

कन्या राशि – आरोग्यता बढ्ला । उन्नति–पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकूलको काम बन्ला । रसरागमा बृद्धि हुनेछ । राजकीय कार्य बन्ला । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

तुला राशि – यश मान वृद्धि हुनेछ । सुख समृद्धि बढ्ला । खेलकूदमा रुचि बढ्नेछ । यात्रा हुनेछ । शैक्षिक, बौद्धिक, साहित्यिक, रचनात्मक आदि कार्यमा पनि सफलता मिल्नेछ । धर्मकर्मसँग सम्बन्धित कार्यमा रुचि बढ्ला । इष्टमित्र सन्तान आदिसित सम्बन्धित शुभता बढ्नेछ । आमोदप्रमोदमा आकर्षित हुनुहुनेछ ।

वृश्चिक राशि – आज सुख शान्ति बढ्नेछ । लाटरी लाग्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष लियो बन्नेछ । आफन्त सुख मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । समस्याको समाधान मिल्नेछ । ।

धनु राशि – कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति पदोन्नति हुनेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ । दायित्व पाउनुहुनेछ । मनोकूलको काम बन्नेछ । आँट उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

मकर राशि – दूर देशसित सम्बन्धित काम बन्नेछ । यात्रा हुनेछ । भाग्योदय होला । शुभ समाचार मिल्नेछ । मान–महत्व बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । बोली र व्यक्तित्नको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । ऋण रोग र शत्रुसित लडने सामर्थ्य बढ्नेछ ।

कुम्भ राशि – सोचिविचारी काम गर्नुहुनेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनुहुनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । लोभ लालच इर्ष्या द्वेषमा नियन्त्रण आउनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऐंनकानूनको साथ मिल्नेछ ।

मीन राशि – सुख आरोग्यता बढ्नेछ । मान महत्वमा वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नेछ । यात्रापरक काममा पनि सफलता मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । ख्याति फैलिनेछ । जीवनसाथीको सहयोग मिल्नेछ । खर्च बढ्ने सम्भावना रहेकोले योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।