शान्तिप्रक्रिया अघि नबढ्ने भो- डा. रामशरण महत

शान्तिप्रक्रिया अघि नबढ्ने भो- डा. रामशरण महत


नेपाली काङ्ग्रेसका प्रभावशाली नेता डा. रामशरण महत खरो र स्पष्ट बोल्ने नेताको रूपमा परिचित हुनुहुन्छ । पाँचबुँदे सहमति गराउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका महत पछिल्लो समयमा सहमतिको सरकारको सम्भावित प्रधानमन्त्रीका रूपमा पनि चर्चामा हुनुहुन्छ । उहाँसँग घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानीको मुख्य अंशः
शान्तिप्रक्रिया कहाँ पुग्यो डाक्टर साहेव –
शान्तिप्रक्रिया यथास्थितिमा छ । गएको दुई हप्तायता खासै प्रगति हुन सकेको छैन । हामीसँग सहमति भइसकेको एउटा कार्ययोजना थियो । भदौ १० गतेसम्म हतियारहरू हस्तान्तरण गर्नेलगायतका कार्यक्रममा सहमति भइसकेको थियो । त्यसमा फेरि माओवादी पक्षले हस्ताक्षर गरेन, आपत्ति जनायो, त्यसपछि सबै काम रोकिएको छ ।
शान्तिप्रक्रिया रोकिनुको कारक माओवादी नै हो –
हो, माओवादीभित्रको आन्तरिक द्वन्द्व पनि कारणको रूपमा देखिएको छ । सहमति भइसकेको विषयलाई जसरी माओवादीले तोड्यो त्यो मूल कारण हो । दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने भन्ने सहमति पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । जहाँसम्म विशेष समितिको
अन्य कामको प्रश्न छ, जनशक्ति शिविरमा पुगिसकेका छन् । र्सर्वेक्षण गर्ने र पुनर्वर्गीकरण गर्न जनशक्ति भर्ती गर्ने तयारी छ । केही सकारात्मक कामचाहिँ भएका छन् ।
शान्तिप्रक्रियाको हलोचाहिँ कहाँ अड्किएको छ त –
मोडालिटी, सङ्ख्यालगायतको विषयमा कुरा मिल्न सकेको छैन । ती विषयमा खास प्रगति हुन नसकेकोले अहिले शान्तिप्रक्रिया अड्केको स्थिति छ ।
यसको अर्थ भदौ १४ गतेभित्र केही हुन सक्दैन, हो –
दुई महिना समय बाँकी छ । दुई महिनामा पनि धेरै काम हुन सक्छन् । तर, अहिलेको अवस्थाले काम हुने आशा र भरोसाको स्थिति भने छैन । खेर नै जान्छ भनेर त म भन्दिनँ, तर अहिलेको स्थिति आशाजनक छैन । दुई महिनाको अवधि धेरै लामो समय हो, यो अवधिमा पनि धेरै काम हुन सक्छन्, तर दृढइच्छाशक्तिले अगाडि बढ्नुपर्छ । समायोजनका मूल काम सम्पन्न हुन सक्छन् । माओवादीको अहिलेको जुन रवैया छ, उनीहरूभित्रको जुन द्वन्द्व छ, यसकारणले शान्तिप्रक्रिया त्यति अगाडि बढ्लाजस्तो मलाई लाग्दैन ।
पाँचबुँदे सहमतिअनुसारको सहमतिको सरकार कहिलेसम्म बन्ला –
नयाँ सरकार पनि अब बन्नुपर्छ । नयाँ सरकार नेपाली काङ्ग्रेसको नेतृत्वमा बन्नुपर्छ ।
काङ्ग्रेसबाट नेतृत्वचाहिँ कसले गर्ने नि –
काङ्ग्रेसको नेतृत्वमा सहमति भएपछि आफ्नो पार्टीले तत्कालै सहमतिमा नेता घोषणा गर्छ ।
प्रधानमन्त्रीको राजीनामा आउनेमा विश्वास गर्न सकिन्छ –
राजीनामा आउने-नआउने कुरा त झलनाथजीलाई सोध्नुपर्छ । प्रधानमन्त्रीजीले त उहिले नै राजीनामा दिइसक्नुपर्ने हो, नैतिकताको दृष्टिकोणले पनि राजीनामा दिन्छु भनेर संसद्मा घोषणा गरिसकेपछि रोकेर राख्नुहुँदैन ।
पाँचबुँदे सहमति कार्यान्वयन होला –
पाँचबुँदे सहमति कार्यान्वयनको एउटा पक्ष प्रधानमन्त्रीको राजीनामा पनि हो ।
बजेट कस्तो आउनुपर्छ, त्यसमा काङ्ग्रेसको सुझाब के छ –
अहिले मुलुकका सामु गम्भीर चुनौती छन्, मूल्यवृद्धि धेरै भएको छ, भुक्तानी सन्तुलन घाटामा छ, स्टक एक्सचेन्जको प्राइस छ-सात वर्षयताकै सबैभन्दा तल झरेको छ । विकास निर्माणका कार्यहरू अगाडि बढ्न सकेका छैनन् । पुँजी लगानी अगाडि बढ्न सकेको छैन, पुँजी पलायन भएको छ । यो स्थितिमा समग्र आर्थिक परिस्थितिलाई सम्हाल्न सक्ने, अहिलेको समस्या हल गर्ने खालको बजेट ल्याउनुपर्ने आवश्यकता छ । वितरणमुखी सस्ता लोकप्रियताका नाराहरू समेटिएको बजेटको आवश्यकता छैन । त्यस्तो भयो भने हामी सहमत हुन सक्दैनौँ । अहिलेको गम्भीर आर्थिक सङ्कटसँग भिड्न सक्ने बजेट चाहिन्छ । जसका लागि राजनीतिक दलहरूसँग छलफल गरेर सहमतिमा बजेट ल्याउनुपर्छ ।

अन्तर विचार
जतिसुकै निगरानी राखोस्, मलाई पर्वाह छैन-सुजाता कोइराला -नेत्री, काङ्गे्रस)
० नेपाली काङ्गे्रस यतिबेला कसरी अघि बढ्दै छ –
– खासै गतिविधि छैन यतिबेला काङ्गे्रसको, सुस्त अवस्था छ । अन्तरपार्टी छलफल छैन । विशेषगरी मलाई त कुनै छलफल र बैठकहरूमा पनि बोलाइएको छैन । केही पनि थाहा नै छैन मलाई त । पार्टी कार्यालयमा गयो भने कोही भेट हुँदैन । कुन नेता के गर्दै छन्, केही थाहा छैन । खै † यसरी त काङ्गे्रस कहाँ पुग्ने हो, सोचनीय अवस्था छ । अत्यन्त चिन्तित छु म ।
० काङ्गे्रस त शान्ति र संविधान निर्माणको सुनिश्चितताका लागि लागिपरिरहेको छ, होइन र –
– नेपाली काङ्गे्रस जहिले पनि मुलुकको समस्यालाई शान्तिपूर्ण रूपबाट समाधान गर्न लागेको थियो र अहिले पनि त्यही गरिरहेको छ । कुनै किसिमको द्वन्द्व, हत्या, हिंसामा हामी फस्न चाहँदैनौँ र अरू पनि त्यसबाट बाहिर आऊन् भन्ने ठान्छौँ हामी । जुन पहल गरेर गिरिजाबाबुले शान्तिप्रक्रियालाई यहाँसम्म ल्याउनुभएको थियो, त्यसलाई भङ्ग गर्न अनेक प्रयासहरू यतिबेला भइरहेका छन् जस्तो लाग्छ मलाई त ।
० कसरी –
– शान्तिप्रक्रियालाई कुनै पनि पार्टीले गम्भीरताका साथ लिइरहेका छैनन् । सबै आ-आफ्नै स्वार्थ सिद्ध गर्ने दाउमा देखिन्छन् । काङ्गे्रससमेत सुस्त देखिएको छ । अराजनीतिक चलखेलहरू बढिरहेका छन् ।
० काङ्गे्रस त उच्चस्तरीय छलफलमा जुटिरहेको देखिएको छ, पार्टीहरूबीच छलफल त चलिरहेकै छ । तपार्इंले के भन्न खोज्नुभएको –
– उच्चस्तरको नाममा पार्टीका ३-४ जनाले छलफल गर्दैमा समस्या समाधान हुँदैन । चारजनाले चाहेर हुने भए त अहिलेसम्म समस्याहरू हल भइसक्थे होलान् नि † खै त – यस्तो कथित उच्चस्तरीयलाई म त मान्दिनँ । यसरी समस्या समाधानको बाटो खोज्न सकिन्न । यत्रो ठूलो पार्टी छ काङ्गे्रस, सबैलाई समेट्न खोज्नुपर्छ नि । कम्तीमा के भइरहेको छ भन्ने कुरा हामीजस्ता नेतालाई त थाहा दिनुपर्ने हो । केवल तीनजनाले मात्रै डायलग गरिरहने हो भने एक्सेस हुनै सक्दैन ।
० पार्टीहरूसँगको छलफलमा तपाईंलाई पनि सहभागी गराउनुपथ्र्यो भने हो –
– म नै भन्ने कुरा होइन, तर पारदर्शी हुनुपर्छ । योग्य पात्रको छनोट गरिनुपर्छ । सबैको रायसुझाब लिनुपर्छ । छलफल तथा अहिलेसम्म भएका डायलगको जानकारी सबैलाई हुनुपर्छ । होइन र हामी तीनजनाले मात्र सबै काम सक्छौँ भन्ने अहम् उहाँहरूले पाल्नुहुन्छ भने त शान्तिप्रक्रिया र संविधान निर्माणका काम दिवास्वप्न मात्र हुन्छ । काङ्गे्रसले यत्रो देशव्यापी अभियान चलायो, जनताको ठूलो विश्वास प्राप्त गर्‍यो, तर वार्तामा पुगेपछि वार्ताकारहरूले धोका दिए । काङ्गे्रसकै प्रतिनिधित्व गरेर वार्तामा बसेकाहरूले जेठ १३ गते राति जनतालाई धोका दिए । अब यस्ता धोकेवाजहरूलाई वार्तामा सहभागी गराएर के फाइदा –
० कस्तो धोका दिए उनीहरूले –
– संविधानसभाको अवधि लम्ब्याएर धोका दिइयो नि † जबसम्म दशबुँदे सहमति इम्प्िलमेन्टेसन हुँदैन तबसम्म संविधानसभाको म्याद नथप्ने भन्ने थियो । त्यो लत्याएपछि पार्टीलाई पनि धोका भयो, आजजनतालाई पनि धोका भयो ।
० काङ्गे्रसले त्यसरी लचकता नदेखाएको भए त बर्बादै हुन्थ्यो, भनिएको छ नि त †
– के बर्बाद हुन्थ्यो – माओवादी काङ्गे्रसको अडानसँग आत्तिइसकेको थियो । उनीहरू लचकता अपनाउन तयार भइसकेका थिए । अत्तालिएर मलाई फोन गरिसकेका थिए माओवादी नेताहरूले । तर, हामै्र नेताहरूको बद्मासी र अकर्मण्यताले गर्दा उनीहरूले दशबुँदेमा गएर हारे † यसैले नै मैले उहाँहरूले मात्र गरेर हुँदैन भनेकी हुँ । अब वार्तामा हामी पनि बस्नुपर्छ, मलाई पनि संलग्न गराउनैपर्छ पार्टी-नेतृत्वले ।
० तपाईं नै किन – तपाईं हुनेबित्तिकै सबै समस्या हल हुन्छ र –
– म यो देशको उपप्रधानमन्त्री भइसकेको मान्छे, परराष्ट्रमन्त्री भइसकेको मान्छे हुनाले धेरै इन्टरनेसनल प्लेटर्फमहरूमा बोलाइरहेको हुन्छ । धेरै कुरा मलाई थाहा छ । धेरै बुझेकी छु । त्यसैले त्यहाँ म बसेँ भने उहाँहरूलाई नै सजिलो पर्नेछ । मलाई त व्यक्तिगत केही लाभ हुने होइन, तर उहाँहरूलाई धेरै सहयोग हुनेछ मबाट । तर, मेरो मात्रै कुरा होइन, मभन्दा पनि जान्नेसुन्ने अरू पनि छन् पार्टीमा, उनीहरूलाई पनि स्थान दिइनुपर्‍यो, सबैको कुरा सुन्नुपर्‍यो । नयाँ फेस पनि ल्याऔँ । १५ वर्षदेखि एउटै मानिसलाई कति हेर्ने – असफल अनुहारलाई नै किन दोहोर्‍याइरहने –
० यसो भनेर तपार्इंले कसलाई इङ्गित गर्न खोजेको –
– कसैको नाम लिएर सीधा टिप्पणी त म गर्न चाहन्नँ । तर, हामी गम्भीर हुनुपर्‍यो । खालि कुर्सी समात्ने काम मात्र गर्नुभएन । मैले पनि त्याग गरेँ नि † पार्टी महाधिवेशनमा महामन्त्रीमा चुनाव लडेको भए म जित्थेँ, तर मेरो कारणले अप्ठ्यारो नहोस् भनेर मैले छोडेँ । यसैगरी उहाँहरूले पनि छोड्न सक्नुपर्छ, पार्टी अप्ठ्यारोमा पर्ने भएपछि पछाडि हटेर अर्कोलाई ठाउँ दिने उदारता देखाउन सक्नुपर्छ । पद नै सबैथोक त होइन नि – २० वर्षदेखि त जहिल्यै पनि पद खाइरहेका छन् यिनीहरूले । वार्ता होस्, छलफल होस्, जहाँ पनि तिनै ३/४ वटा अनुहार हुन्छ, के नेपाली काङ्गे्रसमा अरू मान्छे नै छैनन् त – नेतृत्व नै फेलियर भएको सङ्केत हो यो त ।
० नेपाली काङ्गे्रसले तत्काल सरकारको नेतृत्वका लागि पहल गर्नुपर्छ भन्ने माग पनि हो कि तपाईंको –
– काङ्गे्रसले सरकारको नेतृत्वमा दाबी नगरेर या नेतृत्व नगरिदिएर अन्य ठूला-ठालु दलहरूलाई धेरै ठूलो गुन लगाइदिएको छ । काङ्गे्रसले मात्र यो मुलुकलाई हाँकेर अगाडि लैजान सक्छ भन्ने पुष्टि भइसकेको छ, त्यसैले तपाईंले भनेजस्तो पहल गर्नु नराम्रोे त हुँदैन ।
काङ्गे्रस पछि पर्दै गएको छ, झन् पछि पर्न सक्छ अब सक्रियता नदेखाए । त्यत्रो जनलहर ल्याएर उत्साह जगाएको पार्टी यसरी पछि पर्न खोज्नु दुःखदायी कुरो हो ।
० पार्टी पछिपरेको भनेर यति धेरै चिन्ता गर्ने नेता त काङ्गे्रसमा तपाईं मात्रै हुनुहुन्छ जस्तो छ त –
– यो चिन्ता देखावटी होइन हर्ेर्नुस् । गाउँगाउँ जानुस्- काङ्गे्रसको नाजुक अवस्था देख्नुहुनेछ । नेपाली काङ्गे्रस भनेको फगत ४/५ सय पदाधिकारी मात्रै होइन नि † आमकार्यकर्ता, तलदेखिका विभिन्न इकाइहरू, समितिहरू यसका पिलर हुन् । यी सब पार्टी निकायमा शून्यता छ यतिखेर । देशको परिस्थिति यही हो- भोलि आन्दोलनमा जानुपर्‍यो भने यो शून्यतामा कसरी जान सकिन्छ – मुलुकमा रक्तपात मच्चियो भने त्यसलाई कसरी सम्हाल्ने – त्यसका लागि त सुदृढ पार्टी सङ्गठन चाहियो नि † पदाधिकारीको अनुहार मात्र हेरेर त त्यतिबेला काम चल्दैन । तर्सथ सङ्गठनमा ध्यान दिनुपर्‍यो भन्नेमा मेरो जोड रहेको हो । खालि सरकार ढाल्ने, के-के अन्टसन्ट गर्नेमा मात्रै ध्यान दिने प्रवृत्ति हाम्रो नेतामा देखियो । हर्ेर्नुस्, म त यो सरकार ढाल्ने कुरामा विरक्त भइसकेँ । आफू पनि गर्न नसक्ने र अरूलाई पनि गर्न नदिने रवैया ठीक होइन ।
० भनेपछि झलनाथ खनालकै नेतृत्वमा काङ्गे्रस अघि बढ्नुपर्छ भन्न खोज्नुभएको हो तपाईंले –
– त्यो त म भन्न सक्दिनँ । पार्टीको लाइन स्पष्ट हुनुपर्‍यो, लाइन नै स्पष्ट भएको छैन । मेरो भनाइको सार नै यही हो । हामी सरकारमा जाने नै हो भने किन जाने भन्ने कुरामा पनि छलफल हुनुपर्‍यो पहिले त । नजाने भए किन नजाने, जाँदा कसको नेतृत्वमा जाने भन्ने पहिले नै तय नगरी सरकार ढाल्ने कुरा मात्र गरेर काम चल्दैन ।
० केही समयअघिसम्म त तपाईं काङ्गे्रस सरकारमा नगई हुँदैन भन्नुहुन्थ्यो, यति चाँडै बोली कसरी फेरियो –
– बोली फेरेको होइन, मुलुकमा रक्तपात नहोस् भन्ने चाहना हो मेरो । ००३ सालदेखि मुलुकका कत्राकत्रा समस्या समाधान गर्दै आएको काङ्गे्रस यतिबेला आफैं ‘समस्या’ बन्न हुँदैन । काङ्गे्रसले त गाँठो फुकाउने पो हो त, आफैं गाँठो बन्ने होइन भन्न खोजेको मैले । काङ्गे्रस आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन । मेरो चिन्ता यो हो । ‘म नेता हँु’ भन्दै हिँडेर र टेलिभिजनमा भाषण गरेर मात्रै त समस्या समाधान हुँदैन होला । हाम्रोे नेताहरूले खै बुझेको –
० तपाईं पुनः उपप्रधानमन्त्री बन्न हतारिनुभएको छ, त्यसैले यस्ता कुरा गरेको भन्ने आरोप काङ्गे्रसभित्रैबाट लाग्न थालेको छ नि –
-आरोप त के-के लगाउँछन्-लगाउँछन् । म उपप्रधानमन्त्री बन्ने या नबन्ने कुरासँग मलाई मतलब छैन । मैले धेरै कुरा त्याग गरिसकेँ, अझै त्याग गर्न तयार छु । राष्ट्रिय सहमति जरुरी छ । तर, काङ्गे्रस यो सहमतिमा आओस् भन्ने माओवादी चाहँदैन । उसको यही इच्छालाई काङ्गे्रस नेतृत्वले यतिबेला सफल पारिरहेको छ ।
० आफ्नै पार्टी-नेतृत्वप्रति तपाईं किन यति धेरै आक्रोशित –
– होइन, होइन † म नेतृत्वप्रति आक्रोशित छैन । मैले त सहयोग नै गर्न खोजेकी हुँ । रामचन्द्र पौडेलजीलाई यत्रो उपसभापति बनाइदिएँ, मैले नछोडेकी भए उहाँ कसरी बन्नुहुन्थ्यो – प्रकाशमान सिंहका लागि पनि महामन्त्रीको स्थान छोडिदिएँ मैले । अब उहाँहरूले राम्रोे काम गरेर पार्टीलाई अघि बढाएर देखाइदिनुपर्‍यो नि त † कोठामा बसेर, बैठक गरेर, गुट बनाएर त पार्टी चल्दैन होला । मैले यो यथार्थ उजागर गर्दा पार्टी-नेतृत्वप्रति आक्रोश पोखेको ठहरिन्छ भने त म के भनूँ –
० अब काङ्गे्रसले सरकारको नेतृत्व पाए शेरबहादुर कि रामचन्द्र प्रधानमन्त्री हुनुपर्ला, बताइदिनुहोस् ।
– शेरबहादुर र रामचन्द्रबिना यो मुलुक नै चल्दैन जस्तो कुरा नगर्नुस् न † काङ्गे्रसको हुने भएछ भने त्यतिबेलै तय हुन्छ नि – उहाँहरू पनि हुन सक्नुहोला, अरू पनि बन्न सक्लान् । छलफलबाट हुन्छ त्यो । यसैगरी अरूलाई मान्छे नै नदेख्ने प्रवृत्तिले गर्दा त सबैथोक बिग्रिरहेको छ भन्दै छु म ।
० सभापति कोइरालाले त शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिइसक्नुभएको छ पनि भनिन्छ, होला त –
– सभापतिले कसैको नाममा निर्णय गर्नुभएको छैन । जो बने पनि मेरो त सहयोग नै रहन्छ । तर, उहाँहरू दुईजनाबाट मात्र प्रधानमन्त्री बन्नुपर्छ भन्नेचाहिँ छैन । गम्भीरताका साथ छलफल गरेर तय गर्नुपर्छ यस्तो विषयमा ।
० त्यसो भए संसदीय दलका नेताका नाताले रामचन्द्रजीलाई नै दिँदा के हुन्छ त –
– उहाँको क्षमता जाँचेर-नापेर मात्र तय गरिनुपर्छ यो कुरा ।
० दलका नेताका हिसाबले त उहाँलाई अधिकार छ नि, होइन र –
– भए रामै्र होला नि त † अहिलेको अवस्थामा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्नुपर्छ भनी अड्डी लिन मिल्दैन । परिस्थितिले निर्धारण गर्छ भन्ने मेरो धारणा हो । अहिलेको संसद्को बनावट, राजनीतिक परिस्थिति हेरेर निर्णय गर्नुपर्छ । तर्सथ, उहाँ बन्न पनि सक्नुहुन्छ र नबन्ने सम्भावना पनि त्यत्तिकै छ । मलाई केचाहिँ थाहा छ भने प्रधानमन्त्रीको कुर्सीबाहेक अरू कुरामा उहाँलाई पार्टीको माया पनि छैन, सङ्गठनको अवस्थाको ज्ञान पनि छैन । कसरी माओवादीलाई खुसी पारेर आफू प्रधानमन्त्री बन्ने भन्ने ध्याउन्नमा उहाँ मग्न हुनुहुन्छ ।
० रामचन्द्र पौडेललाई त काङ्गे्रसभित्र सबैलाई मिलाएर लैजान सक्ने खुबी भएको बौद्धिक नेताका रूपमा लिन्छन् त †
– होला, होला †† सबैलाई मिलाएर देखाइदिए हुन्थ्यो नि त रामचन्द्रजीले । हामीले चाहेको पनि सबैलाई मिलाउन सक्ने नेता नै हो क्यारे ।
० बजेटको चर्चा छ यतिबेला । सरकारले ल्याउन लागेको बजेट काङ्गे्रसले ल्याउन दिने कि नदिने –
– हर्ेर्नुस्, बजेट भन्ने कुरा काङ्गे्रसको पेवा होइन, जनताको हो । यो बजेट पास भएन भने मुलुकले ठूलो अप्ठ्यारोको सामना गर्नुपर्छ । जनतालाई मार पर्छ त्यसबाट । बजेट आउन नदिने कुरा गरेर सरकारलाई काङ्गे्रसले तर्सर्ाा र दबाबमा पार्न त सक्छ तर बजेट नै रोक्नचाहिँ सक्दैन, मिल्दैन ।
० तपाईंका ज्वाइँ रुवेल चौधरी र तपाईं स्वयम्को नाम पनि विभिन्न प्रकरणमा जोड्ने गरिएको छ, यो किन भइरहेको छ –
– रुवेल मेरा ज्वाइँ हुन्, मसँग नै बस्नुहुन्छ । यतिबेला रुवेलको नाममा जुन प्रपोगाण्डा मच्चाइएको छ, यो सब सुनियोजित छ । यदि दोष थियो भने पहिले नै यो कुरा किन ल्याइएन त – अठार महिना भइसक्यो सुडानकाण्डमा भ्रष्टाचारको हल्ला चलेको । हो, त्यसमा भ्रष्टाचार भएकै छ भन्ने म पनि मान्दछु र भ्रष्टाचारको निवारणका लागि के गर्न सकिएला भनी म पनि चिन्तित छु । त्यो काण्डमा को-को भ्रष्ट हुन् भन्ने छिटो छानबिन हुनुपर्छ भन्ने मेरो पनि माग छ । किनकि पटकपटक हामीमाथि -कोइराला परिवारमाथि) यसरी एट्याक भइरहनु स्वाभाविक छैन । मानसिक यातना दिने दुष्प्रयत्न हो यो हामीमाथि । जब टाइगरटप्समा घटना घट्यो त्यसपछि मात्र यो प्रपोगाण्डाको सुरुवात भएको छ । होइन भने रुवेलको संलग्नता छ भनेर पहिल्यै किन उठाइएन त – बेकारमा निर्दोष मानिसको चरित्रहत्या गर्ने प्रपञ्च यहाँ भइरहेको छ । भीओआईपी अरे, के-के अरे † कहाँ छ भीओआईपी, ल्याएर मलाई प्रमाण देखाइदिए हुन्थ्यो नि । पहिले छानबिन गरेर सबै कुरा यथार्थ हो भने पो मिडियामा आउनुपर्छ त † कान्तिपुरले त्यत्तिकै चरित्रहत्या गरेको छ ।
० प्रहरीले रुवेललाई त्यत्तिकै निगरानीमा राखेको होला त –
राखोस्, राखोस्, अझै राखोस् । १० वटा पुलिस राखोस्, २० वटा निगरानी गरोस्, मलाई केही आपत्ति छैन । न रुवेलको, न त मेरो, न हाम्रोे परिवारका कसैको यसमा संलग्नता छ, यो हाम्रोे बद्नामी गराउने षड्यन्त्र मात्र हो भन्नेमा म विश्वस्त छु । शान्तिप्रक्रिया भाँड्ने खेल पनि हो यो भन्ने मलाई लाग्छ । फेरि आन्दोलन गराएर मुलुकलाई रक्तपातमा लैजाने खेल खेल्नेहरूले गराएको प्रपोगाण्डा हो यो भन्ने मैले बुझेकी छु । काङ्गे्रस पार्टीमा अरू नेतामाथि केही हुँदैन- मैमाथि मात्र किन यसरी एट्याक हुन्छ – म छक्क परिरहेकी छु ।
-ऋषि धमला