आजको पञ्चाङ्ग एवम् राशिफल (८ माघ २०७५ मंगलबार, २२ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ माघ २०७५ मंगलबार, २२ जनवरी २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं.२०७५ माघ ८ गते मंगलबार तद्अनुसार सन् २०१९ जनवरी २२ तारिख माघ कृष्णपक्ष प्रतिपदा ९ः१२ पर द्वितीया तिथि अश्लेषा नक्षत्र प्रीति योग ८ः४६ परआयुस्मान योग आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा, काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः३५ मा हुनेछ । शुभ योग अभिजित ११ः५४ देखि १२ः३७, अशुभ योग राहुकाल १४ः५६ देखि १६ः१६, दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – भगदौड व्यस्तता रहला । खर्च भ्रमण बढ्ला । ठग विश्वासघाती आदिदेखि सचेत रहनुपर्नेछ । विवादमा नपर्नु उचित हुनेछ । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्रमा हस्ताक्षर गर्दा विशेष सचेत रहनुपर्नेछ । विवाद आदिमा नपरी संयम र विवेकले काम गर्नु बेस हुनेछ । तथापि देखापरेको समस्याको समाधान खोज्नु हुनेछ ।

बृष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । यात्रामा सफलता मिल्नेछ । साथीभाइको सहयोग मिल्नेछ । लेखन प्रकाशनसम्बन्धी काम बन्नेछ । सुख–समृद्धि बढ्ला । मान महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – आर्थिक पक्ष बलियो बन्नेछ । मान पुरस्कार मिल्ने योग छ । सुख शान्ति बढ्नेछ । पारिवारिक सुख बढ्ला । वार्तामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

कर्कट राशि – सुख समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । अन्नधन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । आरोग्यता बढ्ला । मनोकूलको काम बनेर मन प्रशन्न भैजानेछ ।

सिंह राशि – खर्च बढ्ला । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । हासविलासमा पनि आकर्षण बढ्ला । समान हराउने र भुलचूक हुनसक्ने कुरामा सचेत रहनुपर्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित होला ।

कन्या राशि – अन्नधन बढ्ला । सुख–शान्ति बढ्नेछ । आय वृद्धि हुनेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ । पारिवारिक जीवन र कार्यव्यपारको क्षेत्रमा अनुकूलता बढ्ला ।

तुला राशि – दिन शुभ र सफलतादायक रहला । यश वर्चश्व बढ्नेछ । धन पद प्रतिष्ठा बढ्नेछ । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । हाकिमको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – यात्रा हुनेछ । भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । सुख–आनन्द बढ्ला । ख्याति फैलिने छ ।

धनु राशि – शारीरिक र आर्थिक जोखिमको काममा सचेत रहनुपर्नेछ । कानूनलाई उपेक्षा नगर्दा उचित रहला । स्वास्थ्य र चोटपटक लाग्नसक्ने कुराप्रति सचेत रहनुपर्नेछ । अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु उचित हुनेछ ।

मकर राशि – सुख आनन्द बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । जीवनसाथीको साथ पाइनेछ । आर्थिक प्रगति होला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।

कुम्भ राशि – आरोग्यता बढ्ला । आर्थिक सफलता मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्ला । विजयश्री मिल्नेछ ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । सन्तति सुख बढ्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । गीत–संगीतमा आकर्षण बढ्ला । आमोदप्रमोदमा रमाउनुहुनेछ । सुख शान्ति र आनन्द बढ्ला ।