क्षेत्री समाजकी अगुवा बनिन् मुना

क्षेत्री समाजकी अगुवा बनिन् मुना


  • डिल्ली अम्माई, बेल्जियम

बेल्जियममा सक्रिय क्षेत्री समाजले मुना केसीको अध्यक्ष्यतामा सर्वसम्मत समिती चयन गर्दै चौथो अधिवेशन सम्पन्न गरेको छ।

उक्त अधिवेशन नेपाली दुतावासका सचिव सुधीर भट्टराईको प्रमुख आतिथ्यतामा बेल्जियमको शैक्षिक शर लुभेनमा सम्पन्न भएको हो। जनवरी १३ तारिकका दिन भएको अधिवेशनमा उपाध्यक्षत्रय कुलबहादुर कार्की, जयराम केसी, कर्ण अधिकारी रहेका छन् भने महसचिवमा मीन क्षत्रीले बाजी मारे।

जसमा कोषाध्यक्ष कृष्ण क्षत्री, सह कोषाध्यक्ष, राजन घिमिरे, सचिव रमेश कार्की र सहसचिवमा हरि रोका चयन भए । त्यस्तै सदस्यहरुमा क्रमशः विनोद बानियाँ, मदन केसी, उपेन्द्र थापा, दिपेन्द्र केसी, जितेन्द्र केसी, विकास कार्की, दिपेन्द्र थापा, राजेन्द्र थापा र मोहन राउत रहेका छन्।

राजदुतावासको आतिथ्यतामा सम्पन्न अधिवेशनले संगठनको विस्तार र संस्थागत हितको लागि मरिमेटेका पूर्वअध्यक्षहरु र समाजका अग्रजहरुलाई समेत सम्मान गरेको छ। जसमा गोपाल सिंह थापा, ओम थापा, मोहन खत्री , राजन बस्नेत र नगेन्द्र बस्नेत लगायत सम्मानित वर्गमा पर्ने जनाएको छ।

बेल्जियमको खेलकुद विकासमा अहोरात्र खट्ने अग्रज किशन केसीलाई समेत क्षेत्री समाजले सामाजिक अभियन्ताको रुपमा सम्मान गरेको जनाएको छ। त्यस्तै सांगीतिक र कला क्षेत्रमा योगदान पुर्याउने समाजको अग्रिणी यशोदा थापा समेत आफ्नो समाजको अग्रज घोषणा गरेको छ।

अत्यन्त सौहार्द्धताका साथ सम्पन्न अधिवेशनको बन्द सत्रले आफ्ना नीति तथा कार्यक्रम र आर्थिक प्रतिवेदन सर्वसम्मत किसिमले पास गरेको जनाएको छ।