आजको पञ्चाङ्ग एवम् राशिफल (९ माघ २०७५ बुधबार, २३ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ माघ २०७५ बुधबार, २३ जनवरी २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वि.सं. २०७५ माघ ९ गते बुधबार तद्अनुसार सन् २०१९ जनवरी २३ तारिख माघकृष्णपक्ष तृतीया तिथि मघा नक्षत्र सौभाग्य शुभ योग वणि करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा, काठमाडौंमा सूर्योदय विहान ६ः५६ मा र सूर्यास्त साँझ १७ः३५मा हुनेछ । अशुभ समय राहु काल– १२ः१६ देखि १३ः३७, दिशा शूल–उत्तर ।

आजको राशिफल :

मेष राशि – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । सुख–समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ–नयाँ सङ्केत देखापर्ला ।

बृष राशि – खर्च वृद्धि हुनेछ । यात्रा होला । हासविलासमा प्रवृत्ति बढ्ला । धन मान सुख समृद्धि बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । धनसित सम्बन्धित काम बन्नेछ । सभा समारोहमा सम्मानित हुनुहुनेछ । पारिवारिक सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

मिथुन राशि – दिन शुभ र भाग्यवर्द्धक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा सुधार हुनेछ । धन सम्पत्ति र कार्यव्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै आय वृद्धिहुनेछ । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखा परेर आशा उत्साह बढ्नेछ । रसरागमा पनि आकर्षण बढ्ला ।

कर्कट राशि – चन्द्रमा राशिदेखि दोस्रो स्थानमा भ्रमणशील रहनेछ । यस अवधिभित्र सुख बढ्नेछ र रोग दूर होला । कामकाजमा सफलता मिल्नुसँगै नयाँ–नयाँ काममा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त गर्नुहुनेछ । उच्चाधिकारीको सहयोग प्राप्त होला । साझेदारिसित सम्बन्धित काम बन्नेछ । पारिवारिक सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख आनन्द बढ्ला ।

सिंह राशि – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । साहसिक काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । धर्मकर्ममा रुचि बढ्नेछ ।

कन्या राशि – बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । सुख–समृद्धि बढ्ला । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । ऐनकानूनलाई उपेक्षा नगर्नु उचित हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला । सवारी साधन चलाउँदा ध्यान राख्नुपर्नेछ ।

तुला राशि – यात्रा होला । आय स्रोत बढ्ला । लगानी उठ्नेछ । समस्याको समाधान मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । हासविलास रुचि बढ्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।

वृश्चिक राशि – चन्द्रमा राशिदेखि दशौँ स्थानमा भ्रमणशील रहनेछ । यस अवधिभित्र कुनै प्रकारको विकासको रोकिएको काम बन्नेछ । नयाँ कार्यमा सफलता मिल्नेछ । राजकीय कार्य बन्ला । हाकिमको साथ मिल्ला । विजयको सम्भावना देखापर्ला । आरोग्यता बढ्नेछ । साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनु हुनेछ । यात्रा परक काम बन्नेछ । ऐश्वर्य वृद्धि होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

धनु राशि – मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र यात्रा परक काम बन्नेछ । धर्म कर्मसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।

मकर राशि – जोखिमप्रति सचेत भई ऐनकानूनलाई ध्यानमा राखेर काम गर्नु बेस होला । आरोग्यता बढ्ला । धन समृद्धि वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हासविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । विवाद आदिमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कुम्भ राशि – प्रेम पथमा सफलता मिल्नेछ । खर्च बढ्ला । भागदौड लागिरहला । इष्टमित्रको सहयोग प्राप्त होला । शैक्षिक र रचनात्मक काम बन्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । भोगविलासप्रति रुचि बढ्ला । इष्टमित्र र सन्तानको सुख मिल्नेछ ।

मीन राशि – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । अनावश्यक खर्च र अनावश्यक यात्रामा नियन्त्रण आउनेछ । आयस्रोत बढ्ला । स्वाथ्यमा सुधार होला । विजयश्री मिल्नेछ । हुन त रोकिएको काम बन्ने र उधारो लगाइएको धन उठ्नेछ ।