आजको पञ्चाङ्ग एवम् राशिफल (१० माघ २०७५ विहीबार, २४ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० माघ २०७५ विहीबार, २४ जनवरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ विरोधकृत् नामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७५ माघ १० गते विहीबार तद्अनुसार सन् २०१९ जनवरी २४ तारिख माघ कृष्णपक्ष चतुर्थी तिथि पूर्वाफाल्गुणी नक्षत्र शोभन योग बब करण आनन्दादिमा गद योग चन्द्रमा सिंह राशिमा काठमाडौंमा सूर्योदय विहान ६ः५६ मा र सूर्यास्त साँझ १७ः३६ मा हुनेछ । आज काशीस्थ बडागणेशोत्सवः छ । शुभ समय अभिजित– ११ः५४ देखि १२ः३७ अशुभ समय राहु काल– १३ः३३ देखि १४ः५७ दिशा शूल–दक्षिण ।

आजको राशिफल :

मेष राशि – प्रेमको क्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलतादायक रहनेछ । इष्टमित्र र सन्तानको सुख बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । धनसम्पत्ति बढ्नेछ । सुख शान्ति बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । प्रसिद्धि र ख्याति फैलिनेछ । हासविलासमा आकर्षण बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ ।

वृष राशि – यात्रा होला । जोखिमप्रति सचेत भई विवाद आदिमा नपरी काम गर्नु बेस होला । समृद्धि बढ्नेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आफन्तको सहयोग पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मिथुन राशि – पढाइलेखाइमा रुचि बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । इष्टमित्र–कुटुम्बको सम्बन्धमा सुधार आउला । प्रेम प्रदेशमा सफलता पाउनुहुनेछ । सुख आनन्द बढ्ला । मित्र, प्रेमपात्र, सन्तान आदिको साथ पाउनुहुनेछ । गीत–संगीत कला साहित्य आदि क्षेत्रसित सम्बन्धित काममा सफलता पाउनुहुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह पनि बढ्ला ।

कर्कट राशि – आयस्रोत बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । गौरव बढ्ला । भोजमा जानुहुनेछ । धन सम्पत्ति बढ्नेछ ।

सिंह राशि – सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ ।

कन्या राशि – खर्च र लगानी बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । भागदौड लागिरहला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोतरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता भेट्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

तुला राशि – समय शुभ र सफलताप्रदायक कार्यमा रुचि बढ्नेछ । आयस्रोत बढ्नेछ । रकिएको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । गोप्य काम बन्नेछ । लट्री पर्न सक्छ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – कार्यमा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । राजकाजमा सफल हुनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख–शान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु राशि – धर्मकर्ममा रचि बढ्ला । धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर राशि – उन्नति पदोन्नतिमा बिघ्न आउने डर रहला । कुनै पनि काममा जोखिममा नपर्नु उचित हुनेछ । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला । ऐनकानूनलाई उपेक्षा नगर्नु उचित हुनेछ । इष्टमित्र सन्तानको सहगयोग मिल्नेछ ।

कुम्भ राशि – यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त हुनेछ ।

मीन राशि – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ ।