आजको पञ्चाङ्ग एवम् राशिफल (११ माघ २०७५ शुक्रबार, २५ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ माघ २०७५ शुक्रबार, २५ जनवरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य


आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे विरोधकृत नामक संवत्सर शिशिरऋतु श्रीशाके १९४० नेपाल सम्वत् ११३९ वि.सं. २०७५ माघ ११ गते तद्अनुसार सन् २०१९ जनवरी २५ तारिख शुक्रबार माघकृष्णपक्ष पञ्चमी तिथि, उत्तरा फाल्गुनी नक्षत्र, अतिगण्ड योग कौलब करण १३ः१२ पर गर करण आनन्दादिमा शुभ योग चन्द्रमा कन्या राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा र सूर्यास्त १७ः३७ मा हुनेछ । शुभ समय– अभिजित– ११ः५३ देखि १२ः३७ अशुभ समय– राहु काल– १०ः५५ देखि १२ः१४ दिशा शूल– पूर्व ।

आजको राशि फल :

मेष राशि – आरोग्यता बढ्ला । आर्थिक प्रगति हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । पारिवारिक सुख शान्ति वृद्धि हुनेछ । विजयश्री मिल्नेछ ।

बृष राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको साथ मिल्ला । सुख आनन्द बढ्ला । सन्तान सुख बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । साथीभाइसित आमोदप्रमोदमा ररहनु हुनेछ ।

मिथुन राशि – भागदौड भैरहला । खर्च बढ्ने अनावश्यक यात्रा हुने सम्भावना रहनेछ । सोचिविचारी योजना बनाएर काम गर्नु उचित रहला । अरुको भरमा बस्नु र विवादमा पर्नु कष्टदायक सावित हुनेछ । देखापरेको समस्याको निदान मिल्नेछ । ठूलो रकमको लगानी, महत्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर गर्दा सचेत रहनु पर्ला ।

कर्कट राशि – विकासको नयाँ सम्भावना देखा पर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । सुख ऐश्वर्य बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशन आदिसित सम्बन्धित काम पनि बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

सिंह राशि – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कारको प्राप्ति होला । पारिवारिक सुख–शान्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नुको साथै गौरव वृद्धि हुने काम गर्नुहुनेछ ।

कन्या राशि – समय शुभ र सौभाग्यशाली छ । मनोकूलको काम बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन खान पाइनेछ । आफन्तको साथ भेटिएला । मन प्रशन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । आरोग्यता वृद्धि होला ।

तुला राशि – खर्च बढ्नेछ । भागदौड भैरहला । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । सामान हराउने डर रहला । भुचचुक नहोस् भनेर विशेष ध्यान राख्नुपर्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ ।

वृश्चिक राशि – अन्नधन वृद्धि हुनेछ । धरपरिवारको स्थिति सन्तोषजनक रहनेछ । आयस्रोत बढ्नेछ । रोकिएको काम बन्ने र लगानी उठ्ने सम्भावना पनि रहनेछ । धन यश मान महत्व बढ्ला ।

धनु राशि – कर्म पथमा अग्रसर रहिरहनु हुनेछ । सुख सम्पत्ति वृद्धि हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । राजकीय कार्य बन्ला । यश वर्चश्व वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ ।

मकर राशि – यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मनोकूलको कार्यमा सफलता मिल्नेछ । धर्मकर्ममा प्रवृत्ति बढला । यात्रामा सफलता प्राप्त होला । ख्याति फैलिनेछ ।

कुम्भ राशि – चोटपटक र स्वास्थ्यमा ध्यान राख्नुपर्ला । जोखिमपूर्ण काममा नपर्नु नै उचित हुनेछ । नियमकानूनलाई ध्यानमा राख्नु पर्नेछ । संयम र विवेकपूर्वक काम गर्नु उचित हुनेछ ।

मीन राशि – मिठो भोजन खान पाइनेछ । सुख आनन्द बढ्ला । मान सम्मान वृद्धि होला । धनसम्पत्ति बढ्नेछ । हासविलासमा आकर्षण होला । साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ । ख्याति फैलिनेछ । ऋण रोग र शत्रुबाट छुट्कारा मिल्नेछ ।