साताको राशिफल (१२-१८ माघ २०७५, २६ जनवरी-१ फरवरी २०१९)

साताको राशिफल (१२-१८ माघ २०७५, २६ जनवरी-१ फरवरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

साताको चाडपर्व

शनिबार– विश्वभंसार दिवस, आइतबार– रविसप्तमी व्रत । सोमबार – अष्टमीव्रत, गोरखकाली पूजा, विश्व कुष्ठरोग दिवस, बुधबार – सहिद दिवस, विहीबार – षट्तिला एकादशीव्रतम् ।

साताको राशि फल

मेष राशि – चन्द्रमा शनिबार, आइतबार, सोमबार र मंगलबार दिउँसो १३ः४५ सम्म छैठौँ र सातौँ स्थानमा भ्रमणशील रहने । आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । धन सम्पत्ति बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा रुचि बढ्नेछ । लगानी बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । भागदौड लागिरहला । सुख–सुविधाको वस्तु किन्नमा खर्च गर्नुहुनेछ । चन्द्रमा मंगलबार दिउँसो १३ः४५ पछि बुधबार र विहीबारको आठौँ स्थानमा भ्रमणशील रहनेछ, फलस्वरुप शुभ र भाग्यवर्द्धक काममा बिघ्नबाधा आउनेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । शारीरिक र आर्थिक जोखिममा नपर्नु बेस होला । सुख विलासमा पनि रुचि बढ्ला । शुक्रबारका दिन यात्रा होला । धर्मकर्ममा प्रवृत्ति बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आर्थिक पक्ष सबल हुनुको साथै वार्तामा सफलता मिल्नेछ । भोजभतेरमा सहभागी हुनुसँगै मान पुरस्कार पनि मिल्नेछ । सुख शान्ति गौरव बढ्नेछ ।

वृष राशि – साताका प्रारम्भिक तीन दिन लाभदायक र अन्नधनवर्द्धक रहनेछन् । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । रोकिएको काम बनाउन र आर्थिक पक्षसित सम्बन्धित काम बन्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । चौथो र पाँचौं र छैठौँ दिनहरूमा घुमफिर गर्नु हुनेछ । हासविलासमा आकर्षण बढ्नुको साथै सुख–सुविधाको वस्तु बढ्नेछ । बढी खर्चमाथि नियन्त्रण राखेर योजना बजेट बनाइ कार्य गर्नु हितकर रहला । धन सम्पत्ति बढ्नुको साथै साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासको प्रवृत्ति बढ्ला । अन्तिम दिनमा चन्द्रमा भाग्यघरमा भ्रमणशील रहला । शुभ काममा सफलता मिल्नेछ । मान महत्व सुख सम्पति बढ्नेछ । मिठो भोजन खान पाउनुका साथै धर्मकर्ममा पनि आकर्षण बढ्नेछ । रोगबाट छुटकारा मिल्नेछ ।

मिथुन राशि – साताको प्रारम्भिक तीन दिनमा रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । सरकारी क्षेत्रसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै उच्चाधिकारीको पनि सहयोग मिल्नेछ । भएको दायित्वलाई पुरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । चौथो र पाँचौँ दिनमा आर्थिक प्रगति होला । आय बढ्ला । रोकिएको धन उठ्नेछ । कार्यव्यपारमा बढोत्तरी हुनेछ । छैठौँ र सातौँ दिनमा खर्च बढ्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । धनको लगानीप्रति सचेत रहनुपर्नेछ । लापर्वाही नगरी योजना बनाइ काम गर्नु उचित रहनेछ, तथापि आरोग्यता र धन सम्पत्ति बढ्नेछ ।

कर्कट राशि – साताका प्रारम्भिक तीन दिन शुभ र सफलतादायक रहनेछ । भाग्योदय होला । यात्रामा सफलता पाउनुहुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । चौथो र पाँचौँ दिनमा कार्यमा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक पक्षसित सम्बन्धित काम बन्नेछ । सुख समृद्धि बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्वमा वृद्धि हुनेछ । हाकिमको साथ मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त होला । छैठौँ र सातौँ दिनमा आयस्रोत बढ्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । धन मान सुख समृद्धि बढ्नेछ । रोकिएको काम बन्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ ।

सिंह राशि – साताका प्रारम्भिक तीन दिनमा यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मान पुरस्कार पाउनुहुनेछ । धर्मकर्ममा प्रवृत्त रहनुहुनेछ । मान पुरस्कार प्राप्त होला । चौंथो, पाँचौं र छैठौं दिनमा अनावश्यक खर्च र यात्रा हुने सम्भावना रहनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । सातौँ दिनमा कर्म पथमा अग्रसरता बढ्ला । नयाँ सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । प्रेमा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको सुख मिल्नेछ ।

कन्या राशि – साता शुभ र सफलताकारक रहनेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । रोकिएको काम बन्नेछ । सुख सम्पति बढ्ला । मिठो भोजन मिल्नेछ र आरोग्यता बढ्ला । भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । अन्तिम दिन शुक्रबारको भागदौड व्यस्तता रहला । अनावश्यक यात्रा र खर्च बढ्ने सम्भावना रहनेछ । स्वास्थ्यमा ध्यान राख्नु पर्नेछ । विवादमा लाग्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।

तुला राशि – साताको आरम्भिक दिनमा खर्च बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु उचित होला । बाँकी दिनहरू समय धन यश मान महत्ववर्द्धक रहनेछन् । आरोग्यता बढ्ला । यश बर्चश्व बढ्नेछ । सुख सम्पति बढ्नेछ । रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा सफलता पनि मिल्नेछ । मिठो भोजन मिल्नेछ र कार्यव्यापारमा उन्नति हुनेछ । संयम र विवेकले काम गर्नु बेस रहला ।

वृश्चिक राशि – साता अत्यन्तै शुभ छ । प्रारम्भिक दिनहरूमा बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सम्पति बढ्नुसँगै प्रेमको पथमा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्नेछ । मध्यतिर आरोग्यता बढ्नेछ । विजयश्री मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । अन्तिम दिनहरूमा सुख समृद्धि बढ्नेछ । साझेदारीको कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । ख्याति फैलिनेछ ।

धनु राशि – साताका प्रारम्भिक तीन दिनमा देखापरेको समस्याको समाधान मिल्नेछ । भागदौड लागिरहला । अरुमाथि बढि भर नपरी आफ्नै बल–विवेकले काम गर्नु उचित रहला । विवाद आदिमा नपर्नु बेस रहला । चौंथो र पाँचौँ दिनमा पारिवारिक सुख शान्ति बढ्नुसँगै इष्टमित्रसित पनि राम्रो रहनेछ । कला, साहित्य, गीतसंगीत, बौद्धिक, रचनात्मक आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । छैठौँ र सातौँ दिनमा आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मकर राशि – साताको शुरुवाती तीन दिन शुभ र सफलतादायक रहनेछन् । विकासको नयाँ सम्भावना देखापर्ला । सुख शान्ति बढ्नेछ । यात्रा होला । आँट पराक्रम बढ्नेछ । इष्टमित्रको सहगोग प्राप्त होला । चौंथो र पाँचौँ दिनतिर देखापरेको समस्याको समाधान मिल्नेछ । भागदौड चलिरहला तर प्रयास र परिश्रमको मिठो फल अवश्यै मिल्नेछ । मान महत्व बढ्नुसँगै ख्याति फैलिनेछ । छैठौं र सातौं दिनतिर मित्रमिलन हुनेछ । प्रेममा सफलता मिल्ला । सुख शान्ति मिल्नेछ । आर्थिक र रचनात्मक कार्य पनि बन्नेछ ।

कुम्भ राशि – साताको आरम्भिक दिनमा नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । यसपछिका दुई दिनमा बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त होला । चौंथो र पाँचौँ दिनमा यात्रामा सफलता मिल्नेछ । धन यश ऊर्जा उत्साह बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित काम, साहसिक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । ऐश्वर्य बढ्ला । साथीभाइको साथ मिल्नेछ । छैठौँ र सातौँ दिनमा भागदौड लागिरहला । आयस्रोत बढ्नेछ । लगानी उठ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । हुन त कार्यमा सफलता मिल्ला तर बढी प्रयास र परिश्रम गर्नुपर्नेछ ।

मीन राशि – साता अत्यन्तै शुभ र भाग्यवर्द्धक छ । मान यश सुख समृद्धि बढ्नेछ । यश बर्चश्व बढ्ला । उन्नति पदोन्नति हुनेछ । आर्थिक वार्तामा सफलता मिल्ला । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । अन्तिमतिर विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । कार्यव्यपारमा सफलता मिल्नुसँगै सुख ऐश्वर्य पनि वृद्धि होला । राजकीय क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उच्चाधिकारीहरूको सहयोग समर्थन मिल्नेछ ।