केहीबेर अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा

केहीबेर अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा


मौसममा आएको खराबीले आइतबार बिहान केहीबेर अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । मौसममा आएको खराबीले विमानस्थलको सबै उडान आइतबार बिहान केहीबेर अवरुद्ध बन्न पुगेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट गरिएको थियो भने नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको थियो । तर केही समयपछि नै विमानस्थल पूर्ववत सञ्चालनमा आएको उनले बताए ।

विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) प्रमुख सीताराम भण्डारीले बिहान पूर्णरुपमा बन्द रहेको विमानस्थलको उडान अवतरण १६ सय भिजिबिलिटी भएपछि अन्तराष्ट्रिय उडानका ८ देखि १० वटा जेड विमानले उडान भरेको जानकारी दिए ।

उक्त भिजिबिलिटी घटेर बिहान एक हजारमा पुगेपछि पुनः उडान अवतरण बन्द गरिएको बताए । आन्तरिक उडानतर्फ साना जहाजका लागि १६ सय भिजिबिलिटी चाहिन्छ । अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० र अन्तराष्ट्रिय उडानमा तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।