आजको पञ्चाङ्ग एवम् राशिफल (१५ माघ २०७५ मंगलबार, २९ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ माघ २०७५ मंगलबार, २९ जनवरी २०१९)


– अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ माघ १५ गते मंगलबार तद्अनुसार सन् २०१९ जनवरी २९ तारिख माघ कृष्णपक्ष नवमी तिथि विशाखा नक्षत्र गण्ड योग ११ः१७ पर वृद्धि योग तैतिल करण ७ः३१ पर वणि करण आनन्दादिमा श्रीवत्स योग । चन्द्रमा दिउँसो १३ः४५ बजेसम्म तुला राशिमा पछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय आज बिहान ६ः५४ मा र सूर्यास्त साँझ १७ ः४० मा हुनेछ । शुभ समय अभिजित– ११ः५५ देखि १२ः३९, अशुभ समय राहु काल– १४ः५९ देखि १६ः२१, दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता भेट्नेछ । मान सम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । उन्नतिमूलक काममा भाग लिनुहुनेछ । आफन्त–सुख मिल्नुको साथै आशा उत्साह बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा रुचि बढ्ला । तर दिउँसो १३ः४५ बजेपछि कुनै प्रकारको जोखिममा नपर्नु बेस रहला ।

बृष राशि – कार्यव्यापारमा प्रगति होला । दिन शुभ र भाग्यशाली सावित हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ । नयाँ दायित्व पाउनुसँगै रहेको दायित्वलाई पूरा गर्नुहुनेछ । चलिरहेको कार्यमा सफल हुनुसँगै नयाँ काममा पनि सफलता पाउनुहुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । धन सम्पत्ति बढ्नेछ र साझेदारीसम्बन्धी काम पनि बन्नेछ ।

मिथुन राशि – भाग्योदय होला । बौद्धिकता, रचनात्मकता, कलात्मकता, गीत–संगीत आदिसित सम्बन्धित काम बन्नेछ । प्रेममा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । भागदौड भैरहला । खेलकूदमा रुचि रहला । राजकाजमा आकर्षण बढ्नेछ । विजयश्री मिल्नेछ । पदप्रतिष्ठा बढ्नेछ । योजना बनाएर काम गर्नु बेस हुनेछ ।

कर्कट राशि – नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्य र चोटपटकप्रति ध्यान राख्नुपर्नेछ । खर्च र भागदौडमा नियन्त्रण राख्नुपर्नेछ । इष्टमित्र प्रेमपात्र सन्तानको लागि अनुकूल रहनेछ । लाभदायक र उन्नतिकारक रहनेछ । रोकिएको धन प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । जोखिमप्रति सचेत भई काम गर्नु उचित हुनेछ ।

सिंह राशि – मनोकूलको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्ला । सुख सम्पति मान आनन्द बढ्नेछ । कर्मयोगी रहनुहुनेछ । सुख समृद्धि बढ्नेछ । मान वर्चश्व बढ्ला । अनावश्यक खर्च र विवादप्रति सचेत रहनुपर्नेछ । अरुको भर नबसी आफ्नै बल विवेकले काम गर्नु बेस रहनेछ ।

कन्या राशि – साहसिक कर्ममा रुचि बढ्ला । यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मान पुरस्कार मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । ऐश्वर्य बढ्नेछ ।

तुला राशि – कुनै प्रकारको शारीरिक र आर्थिक काममा प्रगतिशील रहनु हुनेछ । कला, साहित्य, गीतसंगीत, कलात्मकता, रचनात्मकता आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला । आमोदप्रमोदमा आकर्षण बढ्ला । नियमकानून अनुकुल बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि – मिठो भोजन खान पाउनुहुनेछ । साझेदारीको कार्यमा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । प्रसिद्धि फैलिनेछ । सुख सम्पन्नता वृद्धि हुनेछ । आरोग्यता बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

धनु राशि – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ अवसर मिल्नेछ । आशा उत्साह बढ्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ ।

मकर राशि – आर्थिक काममा सफलता । वार्तामा सफलता मिल्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । मित्रलाभ होला । दायित्व पूरा गर्नुहुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ ।

कुम्भ राशि – कुनै पनि प्रकारको महत्वपूर्ण काम बन्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार होला । सुख समृद्धि बढ्नेछ । यात्रामा भाग्योदय हुनेछ ।

मीन राशि – आँटसाहस बढ्ला । आरोग्यता बढ्नेछ । सुख–समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । सुख–विलासको वस्तुमा खर्च बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ने समय छ । जोखिममा नपर्नु उचित हुनेछ ।