हिमाल हेर्छु टाढा
उभिएर अडिएर हिमाल हेर्छु टाढा
हृदयमा देशप्रेमको रङ्ग चढ्छ गाढा
मातृभूमि नेपाल आमा सर्वगुणकी खानी
बुद्धत्व र वीरताकी शुभ्र नयन–नानी
धरती आकाश शुभभाव छन् छैनन् कहिल्यै छाडा
उभिएर अडिएर हिमाल हेर्छु टाढा
हृदयमा देशप्रेमको रङ्ग…
जहाँ जान्छु नेपाल आमा मुटुभरि हाँस्छिन्
आँसु बगाई रोएँ भने प्रीतैप्रीत गाँस्छिन्
यो जिन्दगी हैन केही धरतीमाता आज
उभिएर अडिएर हिमाल हेर्छु टाढा
हृदयमा देश प्रेमको…
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
प्रतिक्रिया