आजको पञ्चाङ्ग एवम् राशिफल (१६ माघ २०७५ बुधबार, ३० जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ माघ २०७५ बुधबार, ३० जनवरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योतरायणे श्रीशाके १९४० शिशिर ऋतु नेपाल सं. ११३९ वि.सं. २०७५ माघ १६ गते बुधबार तद्अनुसार सन् २०१९ जनवरी ३० तारिख माघ कृष्णपक्ष दशमी तिथि अनुराधा नक्षत्र वृद्धि योग ९ः५० पर ध्रुव योग वणि करण ७ः९ पर बब करण ७ः४६ पर आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा भयो र सूर्यास्त साँझ १७ः४१ मा हुनेछ । अशुभ समय राहु काल– १२ः१७ देखि १३ः३९ दिशा शूल– उत्तर । शहीददिवस । भद्रा बिहान ७ः९ बजेदेखि बेलुकी १९ः९सम्म रहला । वृश्चिक राशिमा भद्रा स्वर्ग लोकमा रहने हुँदा अति आवश्यक काम गर्न सकिन्छ ।

आजको राशिफल :

मेष राशि – दिन आर्थिक, बौद्धिक, रचनात्मक तथा शारीरिक उन्नतिदायक कार्यमा सफलता दिने खालको रहनेछ । मान पुरस्कार प्राप्तिको अबसर आउन सकिनेछ । सुख शान्तिमा पनि वृद्धि होला । चोटपटक लाग्न सक्ने र स्वास्थय कमजोर हुन सक्ने कुरामा ध्यान राख्नुपर्नेछ । हरेक प्रकारको जोखिममा सचेत रहनु पर्ला । मिठो भोजन खान पाउनु हुनेछ । हासविलासमा आकर्षण बढ्नेछ । ऐनकानूनलाई उपेक्षा नगर्नु बेस रहला ।

बृष राशि – दिन शुभ र भाग्यवर्द्धक रहला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोज भतेरमा भाग लिनु हुनेछ ।

मिथुन राशि – अन्न धन बढ्नुको साथै दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । कर्मयोगी रहनुहुनेछ । यश वर्चश्व वृद्धि होला । सुख समृद्धि बढ्ला । उन्नति पदोन्नति हुनेछ । बढी मिहीनेतले कार्य बन्नेछ । इष्टमित्र सन्तान आदिसित सम्बन्धित अनुकूलता वृद्धि होला । भागदौड चलिरहनेछ । विवाद आदिमा नपर्दा बेस रहला । अरुको भर नबसी आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । सुख आनन्द वृद्धि हुनेछ ।

सिंह राशि – यात्रा होला । धन यश मान पद प्रतिष्ठा बढ्नेछ । सुख शान्ति पनि मिल्नेछ । देखिएको समस्या समाधान हुनेछ । विवाद आदिमा नपरी अरुको भरमा नबस्नु राम्रो रहनेछ । भाग्योदय हुनेछ । धर्मकर्ममा आकर्षण बढ्ला । यात्रामा सफलता मिल्नेछ । ख्याति फैलिनेछ ।

कन्या राशि – भागदौड लागिरहला । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।

तुला राशि – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । साझेदारीको काम पनि बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक राशी – समय अनुकूल फलदायक रहला । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु राशि – धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । साहसिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । प्रेममा सफलता र सन्तान सुखको लागि राम्रो रहला ।

मकर राशि – स्वास्थ्यमा सुधार होला । कार्यमा सफलता मिल्नेछ । राजकीय कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । यस समयमा कुनै पनि प्रकारको कार्यमा सफलता मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ राशि – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखा पर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यता वृद्धि होला । यात्रा परक काममा सफलता प्राप्त हुनेछ । राजकीय कार्य बन्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

मीन राशि – धर्म कर्ममा भाग लिनु हुनेछ । धन यश मान पद प्रतिष्ठा बढ्ला । मनोकूलको काम बन्नेछ । गौरब बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नु हुनेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ ।