आजको पञ्चाङ्ग एवम् राशिफल (१७ माघ २०७५ विहीबार, ३१ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ माघ २०७५ विहीबार, ३१ जनवरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ माघ १७ गते विहीबार तद्अनुसार सन् २०१९ जनवरी ३१ तारिख माघ कृष्णपक्ष एकादशी तिथि ज्येष्ठा नक्षत्र ध्रुव योग ८ः४६ पर व्याघात् योग बब करण ७ः१७ पर कौलव करण आनन्दादिमा काल योग चन्द्रमा वृश्चिक राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः५३ मा भयो र सूर्यास्त साँझ १७ः५३ मा हुनेछ । शुभ योग अभिजित– ११ः५६ देखि १२ः३९ । अशुभ योग राहु काल– १३ः३९ देखि १५ः०० दिशा शूल– दक्षिण । षट्तिला एकादशी व्रत ।

आजको राशिफल :

मेष राशि – दिन मिश्रित फलदायक रहला । भागदौड चलिरहला तर समस्याको समाधान मिल्नेछ । अरुको भरमा बस्नु र विवाद आदिमा पर्नु उचित हुने छैन । स्वास्थ्यमा ध्यान राख्नुपर्ने छ र व्यर्थको खर्चप्रति पनि सचेत रहनुपर्नेछ । महत्वपूर्ण कार्यमा ध्यान दिनुपर्नेछ । हुन त विस्तारै प्रगति पनि हुनेछ । नियम–कानूनलाई ध्यानमा राखेर काम गर्नु बेस रहला । हरेक प्रकारको जोखिमप्रति सचेत रहनुपर्नेछ ।

बृष राशि – विकासको बाटो खुल्नेछ । नयाँ जोश जाँगर बढेर आउनेछ । आँट उत्साह बढ्नेछ । यात्रा हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा रुचि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तति सुख बढ्नेछ । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिथुन राशि – धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाब बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभत्तेरमा भाग लिनुहुनेछ । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

कर्कट राशि – दिन शुभ र भाग्यवर्द्धक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । आनन्द बढेर आउनेछ । मनोकूलको काम बन्नेछ । विजयश्री मिल्ला । धन यश मान बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्ला ।

सिंह राशि – खर्च बढ्नेछ । भागदौड भैरहला । आमोदप्रमोदमा रमी रहनुहुनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सन्तति सुख बढ्नेछ । लापर्वाही नगरी सोचिविचारी योजना र बजेट बनाई काम गर्नु राम्रो रहनेछ । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति त बढ्ला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

कन्या राशि – समय लाभदायक र उन्नतिकारक रहनेछ । सुख आनन्द बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । आफन्तको सहयोग मिल्नेछ । विवाद आदिमा नपर्नु उचित हुनेछ । आँट उत्साहमा कमी आउने छैन साथै विकासको सम्भावना पनि देखापर्नेछ । केही बढी प्रयास र परिश्रम गर्नुपर्ला तर लागिरहेमा अवश्यमेव सफल हुनुहुनेछ ।

तुला राशि – वार्तामा सफल हुनुहुनेछ । मान महत्व बढ्नेछ । कार्य क्षेत्रमा उन्नती–पदोन्नती हुनेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । दायित्व पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्त होला । पारिवारिक पक्षसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

वृश्चिक राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य बृद्धि हुनेछ । खोज अनुसन्धान तन्त्रमन्त्रमा आकर्षण बढ्ला । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । धर्म कर्ममा प्रवृत्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द बढ्नेछ ।

धनु राशि – संयम र विवेकले काम गर्नुपर्ला । जोखिमदेखि सावधान रहनुपर्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । मनोकूलको काम बन्नेछ । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । ऐनकानूनलाई तोड्नु र लापर्वाही गर्नु उचित हुनेछैन । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नुपर्नेछ ।

मकर राशि – आर्थिक कार्यमा सफलता मिल्नेछ । साझेदारीको काम बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । रसराग भोगविलासमा रुचि बढ्ला । लगानी बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ राशि – आरोग्यता बढ्ला । धन सम्पत्ति बढ्नेछ । सुख आनन्द वृद्धि हुनेछ । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । उधारो उठ्नेछ । सुख आनन्द वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । राजकीय कार्य बन्ला । दायित्वलाई पूरा गर्नुको साथै थप नयाँ दायित्व प्राप्त होला ।

मीन राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख आनन्दक बढ्नेछ । साथीभाइको सहयोग बढ्नेछ । सन्तान सुख बढ्ला । मित्रमिलन हुनेछ । उच्चधिकारीको साथ मिल्ला । धर्मकर्मसित सम्बन्धित कार्य बन्ला । दायित्व पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । यात्रामा सफलता भेटिएला ।