अस्ट्रेलिया जानेको सरकारसँग गुनासो

अस्ट्रेलिया जानेको सरकारसँग गुनासो


bichar– मुक्तिनाथ खनाल
हामी नेपालीलाई आफ्ना भाइ–छोरा विदेशमा छन् भन्दा निकै गौरव लाग्छ । नहोस् पनि किन ? आफ्नो घर–खेत बन्धकी तथा राजीनामा दिई अथवा सानोतिनो नोकरी गरी दुःख साथ बढाएका छोराछोरीलाई आफ्नो देशमा काम नपाएपछि बाध्य भएर विदेश पठाइन्छ । आफ्ना छोराछोरी आफूबाट टाढा पठाउने रहर अवश्य बाबुआमाको थिएन होला । भर्खरैको कुरा हो– यो पङ्क्तिकारलाई पनि अष्ट्रेलिया महादेश घुम्ने अवसर मिल्यो । अस्ट्रेलियाको उत्तरी राज्य डर्बानदेखि मेलवर्न, त्यस्तै ब्रिस्वन हुँदै प्रमुख राज्य सिड्नीसम्म घुमियो । हुन त राजधानी क्यानबेरा हो, तर राजधानीको प्रमुख सहर सिड्नी नै रहेछ ।
एक दिनको कुरा हो सिड्नी बजार घुम्ने क्रममा धेरै नेपालीको अनुहार देखिन्थ्यो, तर उनीहरू दौडादौड गरेकाले भेटेर कुरा गर्ने अवसर मिलेको थिएन । संयोगवश टे«न स्टसननजिकै एक नेपाली भाइले अति हतारमा दौडँदै गर्दा मलाई घकेल्दा लड्न पुगेँ । त्यो भाइ फर्केर आएर मसँगै क्षमा माग्दै भन्न थाले, ‘बुबा म ड्युटी (काम)मा पुग्न धेरै हतारमा थिएँ । तर, आज म काममा जान सकिनँ, २–३ मिनेट ढिला भयो । पाँच मिनेटमा गेट बन्द हुन्छ, हाजिरी हुँदैन ।’ उनी ज्यादै चिन्तित थिए । उनले पछाडि झोला भिरेका थिए । मैले जिज्ञासा राखेँ– भाइ, त्यो झोलामा के राख्नुभएको छ ? उनले देखाउँदै भने– मेरो खाना, डे«स, जुत्ता । डे«स हेर्दा कुनै लेवरको जस्तो, जुत्ता प्लास्टिकको बुट थियो । खान्दान खोलिनँ, त्यसमा जे थियो अवश्य दुःखकै खाना थियो होला ।
मैले फेरि प्रश्न गरेँ– भाइ यस्तो दुःख त नेपालमा पनि गर्न सकिन्थ्यो किन आउनुभयो ? उनी रुन्चे आवाजमा भन्दै थिए– त्यस्तो काम पाएको भए किन विदेश आउनुपथ्र्यो । मेरो विवाह गरेको छ महिना भयो, श्रीमतीलाई राम्रो कपडा, गहना लगाउने इच्छा थियो होला । मैले पु-याउन सक्ने स्थिति थिएन । केही पैसा कमाएर कपडा, गहना लगिदिन्छु । बा–आमालाई तातो लुगा र औषधि दिन सके मैले कर्तव्य र धर्म पूरा गर्न सक्थेँ । यही आशा बोकेर विदेश आएको हुँ । त्यो ती भाइको आत्मादेखिकै अभिव्यक्ति थियो । यो मैले जस्ताको त्यस्तै राख्न सकेकाले मैले आफूलाई पनि धन्य सम्झेको छु ।
अब एकक्षण म सबै पाठकवर्गलाई अष्ट्रेलियातर्फ नै लान चाहन्छु– अस्ट्रेलिया पहिला ब्रिटिसकै राज्य रहेछ । त्यो महादेश हिरा, सुन, तामा, फलाम र समुद्रको सतहमा मोती, सिपीजस्ता अमूल्य वस्तुको उद्गमन खानी भएकाले त्यो देशमा ब्रिटिसको आँखा परेको रहेछ । उनीहरूले १००औँ वर्ष पहिले त्यो ठाउँको पूरा विकास गरेर छोडेको बुझियो । यद्यपि बेलायतकी महारानीको दरबार अहिले पनि सिड्नीमा अति सुन्दर र विशाल छ । सुनिन्छ अहिले पनि अर्थात् स्वतन्त्र राज्य हुँदाहुँदै पनि बेलायतकी महारानीलाई सम्मानको रूपमा नजरानास्वरूप केही रकम पठाई आफ्नै देशकी महारानी मान्ने गरिएको छ ।
राजधानीको सहर सिड्नीमा सयौँ वर्षअघि निर्माण भएको हरवर ब्रिज अनौठो, ठूलो, बलियो, अग्लो थियो । अर्को अनौठो कुरा त्यति ठूलो विशाल समुद्रको बीचभागमा रमणीय विशाल पार्क, होटलमा घुम्न खान बस्न सकिन्छ । त्यस्तै हेर्नलायक र वर्णन गर्न योग्य ठाउँ धेरै छन् । बरु सिड्नी सिटी अर्थात् मुख्यबजार पहिल्यै बनेकाले घरको उचाइ ९०/१०० तला भए पनि बजार र सडक अलि साँघुरो हुँदा सवारीले सडक जाम भएको देखियो । यसपछि बनेका ब्रिस्वर्न, मेलवर्न एडिलाइट डर्बान आदिमा पूरै प्लानिङ गरेर फराकिलो र व्यवस्थित तरिका बाटो बनाइएको र भवनहरू सुन्दर देखिन्छन् । त्यहाँको नगरपालिकाले एउटा नीति बनाएको रहेछ– एउटा रोडमा एकै किसिमको घर गरिबले पनि बनाउन सक्ने, २–३ आनाको जग्गा प्लटिङ गरी छुट्याई १, २ वा ३ बेडरुमको १ तला बंगला टाइपको टायलको छानो, इँटाको गाह्रोले निर्माण गर्नुपर्ने । अर्को लाइनमा ३ तलासम्म । अर्को लाइनमा सिमेन्टद्वारा ५–१० यस्तै वर्गीकरण गरेर बनाउनुपर्ने गरी नक्सापास हुने सिस्टम रहेछ जसले गर्दा सिटी विचित्र र सिस्टमेटिक देखिने । अर्थात् अष्ट्रेलियाको कानुन एवम् सिस्टम पूरै बेलायतको रहेछ । सिस्टममा चलेको देश हुँदा त्यहाँ पक्षपात, मोलाहिजा भ्रष्टाचारको कुनै गन्धसम्म पनि नआउने । जसको जस्तो योग्यता छ त्यसैको आधारमा काम दिने । कसैले कसैको सिकायत गर्ने ठाउँ नै नरहने बताउँथे ।
अर्को एउटा रमाइलो ठाउँ उत्तरी अष्ट्रेलिया डर्बान ऐतिहासिक राज्य रहेछ । सन् १९४२ को गेटवारमा जापानले दक्षिण एसिया पूरै आफ्नो कब्जामा पारिसकेपछि ब्रिटिस कब्जा गर्ने उद्देश्यमा पुरानो राज्य डर्बानमा पानीजहाजबाट इन्डोनेसिया हुँदै लडाकु प्लेन १५–२० वटा लगेर एकैपटक जहाजबाट आक्रमण गर्दै बम–ब्लास्टर गरी डर्बान सहर ध्वस्त गरेको इतिहास एवम् डकुमेन्ट्री (फिल्म) देखाउने प्रसिद्ध मिलेटरी म्युजियम हेर्नलायक रहेछ । तस्बिरमा १९४२ को युद्धको झलक देखिन्छ । फिल्मको भनाइअनुसार जापानले सर्वत्र आक्रमण र विजय गर्न थालेपछि अमेरिकाले हिरोसिमा, नागासाकीमा बम–ब्लास्टर गरेको हो भन्ने डकुमेन्ट्रीद्वारा इतिहास सुनाइएको रहेछ । त्यसरी ध्वस्त भएको उत्तरी अष्ट्रेलियाको डर्बान सहरमा जनसङ्ख्या भने अहिले लगभग ५० लाख मत्र भएको बताउँछन् । तर, अहिले अब निर्माण हुँदै गरेको विस्तारित सहर निकै सुन्दर, आधुनिक बजार–व्यवस्था, त्यस्तै खुला र फराकिला सडक, दायाँ–बायाँ गरिएको वृक्षारोपणले हरियाली, समुद्रको शीतलताले धेरै मानिसहरू आकर्षित हुँदै गएको बताइन्छ ।
अँ साँच्चै एउटा रमाइलो कुरा डर्बान राज्यमा काला जातिका मानिसको सङ्ख्या २९ प्रतिशत रहेछ । उनीहरू आफूलाई आदिवासी मान्छन् र उनीहरूको समर्थक नपाई कुनै निर्वाचनमा विजय प्राप्त नहुने यथार्थता रहेछ । उनीहरूलाई हेर्दा वनमानिस चिम्पान्जीजस्तै नाक, आँखा, कान सब त्यस्तै, तर रौँ छैन । अति काला, गोडा झिना, पेट ठूला जाँड–रक्सी मन पाउने । अफ्रिकन हब्सीजस्ता हुन् कि भन्ने प्रश्न उठ्ला । होइन अफ्रिकन धेरै राम्रा यी काला जातिभन्दा यिनीहरू कोइला (अङ्गार) जस्तै जिउ, अङ्ग अनुहार नमिलेको अनौठा । उनीहरू काम नगर्ने हराम भएर सरकारले मासिक ६ सय दिई पाल्दोरहेछ ।
अष्ट्रेलिया महादेशमा सिटीबाहेक अरू धेरै पर्ती जग्गा खाली देखिन्छ । मेलवर्नमा भने २५ प्रतिशत जग्गामा कृषि, पशुपालन भेडा, गाई, भैँसी आदि पालिँदो रहेछ । ठूलाठूला चरन र त्यहीँ रातदिन बस्ने केवल लैना (बच्चाबच्ची) हुँदा मात्र टहरा–गोठमा ल्याइने । नेपालमा देखिने ठूलाठूला मालीगाई त्यहीँबाट उत्पादन भएको बताइन्छ । कृषि फाराम ठूलो भएकाले अष्ट्रेलियामा दूध सस्तो, नेपालकै मूल्यमा पाइने । अरू वस्तुहरू धेरै महँगा नेपालको अनुपातमा ।
अन्ततः अष्ट्रेलियाको युनिभर्सिटी विश्वको तेस्रो, चौथोमा गनिँदोरहेछ, त्यसैले नेपाली जान खोज्छन् । त्यहाँ नेपालीका एउटा गुनासो सुनिन्छ– यस महादेशमा जग्गाजमिनभन्दा जनसङ्ख्याको अनुपात धेरै कमी छ । तर, अरू महादेश, अमेरिका, बेलायत, जापानभन्दा अष्ट्रेलिया आउने विद्यार्थीलाई अति महँगो, खर्चिलो र कठिन मापदण्ड राखिएको छ भिसा प्राप्तिको निमित्त । नेपालजस्तो गरिब मुलुकका विद्यार्थीलाई केही सुलभ र कम खर्चिलो मापदण्ड अपनाउन अष्ट्रेलिया सरकारसँग पहल गर्न नेपाल सरकारलाई अनुरोध गरेका छन् ।