चिकित्सा विधेयक राष्ट्रिय सभाबाट पनि पारित

चिकित्सा विधेयक राष्ट्रिय सभाबाट पनि पारित


प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदको अवरोधका बाबजुद राष्ट्रियसभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरेको छ । गोविन्द केसीसँगको सहमति कार्यान्वयन नभएसम्म सदनको कारवाही अघि नबढाइयोस् भनि कांग्रेस सांसदले सभाध्यक्षको ध्यानाकर्षण गराउनुका साथै उठेर विरोध जनाएका थिए । सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेसका सांसदले उठेर विरोध जनाए पनि विधेयक पारित हुनुबाट रोकिएन ।

राष्ट्रिय सभाको अको बैठक आगामी आईतबार अपरान्ह १ बजे बोलाइएको छ ।