डा. केसीको मागप्रति देउवाको ऐक्यबद्धता

डा. केसीको मागप्रति देउवाको ऐक्यबद्धता


नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले १६औँ पटक अनशनमा रहेका डा. गोविन्द केसीलाई भेटेका छन् । बिहीबार अपराह्न त्रिवि शिक्षण अस्पतालमा पुगेर देउवाले अनशनरत डा. केसीलाई भेटेका हुन् । भेटमा देउवाले केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।

डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औँ पटक अनशनमा रहेका छन् । १६औँ पटकको अनशनमा डा. केसी पुस २५ गतेदेखि बसेका हुन् ।