आजको पञ्चाङ्ग एवम् राशिफल (१८ माघ २०७५ शुक्रबार, १ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ माघ २०७५ शुक्रबार, १ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु विरोधकृत नामक संवत्सर वि.सं. २०७५ माघ १८ गते तद्अनुसार सन् २०१९ फेब्रुअरी १ तारिख शुक्रबार माघ कृष्णपक्ष द्वादशी तिथि मूल नक्षत्र व्योयाघात् योग ८ः६ पर हर्षण योग कौलव करण ७ः५६ पर गर करण आनन्दादिमा स्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ मा र सूर्यास्त साँझ १७ः४३ मा हुनेछ । शुभ समय अभिजित– ११ः५६ देखि १२ः३९ राहु काल–१०ः५६ देखि १२ः१८ दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि– शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रा होला । धर्मकर्ममा आकर्षण होला । सुख आनन्द बढ्नेछ । विद्या बुद्धि बढ्ला । कला, साहित्य, बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्र सन्तति सुख बढ्नेछ । गीत–संगीतमा रुचि बढ्ला । ख्याति फैलिनेछ ।

बृष राशि – नियम–कानूनलाई ध्यानमा राख्नु उचित हुनेछ । खर्च बढेको लाग्ला । जोखिममा नपर्नु उचित होला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ यद्यपि आज बढि नै मिहीनेत गर्नुपर्ला । मनोरञ्जनमा रुची बढ्नेछ । सामानहरू नहराओस् भनेर ध्यान राख्नुपर्ला । सोचविचारका साथ काम गर्नुपर्ला र स्वास्थ्यमा पनि ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला ।

मिथुन राशि – आयस्रोत बढ्नेछ । धनसम्पत्तिमा वृद्धि होला । आर्थिक काम बन्नेछ । लगानी उठ्नेछ । साझेदारीको काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आँट–उत्साह बढ्नेछ । सुख सम्पति बढ्ला । यात्रामा सफलता मिल्ला । ऐश्वर्य वृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ । जीवनसाथीको सहयोग मिल्ला ।

कर्कट राशि – साहसिकता क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । उच्च अधिकारीको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । धन मान सुख सम्पति बढ्नेछ । वार्तामा सफल हुनुहुनेछ । सभा–समारोहमा भाग लिनुहुनेछ । आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । रोकिएको काम बन्नेछ ।

सिंह राशि – यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । महत्व बढ्नेछ र ख्याति पनि फैलिने छ । ग्रहगोचर शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द वृद्धि होला । मान महत्व बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । इष्टमित्रको सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नुका साथै सन्तान सुख पनि प्राप्त हुनेछ ।

कन्या राशि – भागदौड चलिरहला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । नियम–कानुनलाई ध्यानमा राख्नुपर्ला । विलासमा रुचि बढ्ला । खर्च बढ्नेछ । अरुको भरपर्नु र लापर्वाही गर्नु उचित हुने छैन । विवाद आदिमा पर्नु र जोखिमपूर्ण काममा लाग्नु पनि प्रत्युत्पादक हुनेछ ।

तुला राशि – मनोरञ्जन कार्यमा रुची बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । दिन लाभदायक र उन्नतिवर्द्धक रहनेछ । धनसम्पत्ति वृद्धि होला । रोकिएको काम बन्नुको साथै उधारो लगाइएको धन उठ्नेछ । आफन्त–सुख मिल्नेछ । इच्छा पूरा होला । यात्रामा सफलता प्राप्त होला । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । ऐश्वर्य बढ्नुको साथै विजय पनि मिल्नेछ ।

वृश्चिक राशि – रोग र शत्रुसित लड्ने क्षमता बलियो बन्ने छ । कार्यमा सफलता मिल्नेछ । यश वर्चश्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । मनोकुलको कार्य बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन मान बढ्ला । उच्चाधिकारीको सहयोग र समर्थन मिल्नेछ । विजयश्री प्राप्त होला ।

धनु राशि – कला साहित्यिक गीत–संगीत बौद्धिक र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । शारीरिक र आर्थिक काममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको लागि अनुकूल रहनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । प्रेमको क्षेत्रमा प्रगति हुनेछ । आमोदप्रमोदमा रमाउनुहुनेछ ।

मकर राशि – सुख शान्ति बढ्ला । खर्च पनि बढ्नेछ । भागदौड बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । मान सम्मान बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । कार्य क्षेत्रमा सफलता प्राप्त होला । लापर्वाही नगर्नु उचित होला । हरूको भरपर्नु तथा विवादमा पर्नु उचित हुनेछैन ।

कुम्भ राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि होला । आफन्तबाट सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । आय वृद्धि होला । रोकिएको धन उठ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । साथीभाइको सहयोग मिल्नेछ । उत्साह बढ्नेछ ।

मीन राशि – इष्टमित्रबाट सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्ला । पारिवारिक सुख शान्ति बढ्नेछ । सन्तान सुख वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागमा बढोत्तरी हुनेछ । राजकीय कार्य बन्ला । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्नेछ । सुख–सुविधाको बस्तु किन्नमा खर्च हुनेछ । हास–विलासमा पनि रुची रहनेछ । खेलकुद भ्रमणमा पनि आकर्षण रहनेछ । लगानी गर्ने बेलामा ध्यान राख्नुपर्ला, अन्यथा उठाउन गाह्रो हुनेछ ।