आजको पञ्चाङ्ग एवम् राशिफल (१९ माघ २०७५ शनिबार, २ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ माघ २०७५ शनिबार, २ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ विरोधकृत नामक सम्बत्सर शिशिर ऋतु वि.सं. २०७५ माघ १९ गते तद्अनुसार सन् २०१९ फेब्रुअरी २ तारिख शनिबार माघ कृष्णपक्ष त्रयोदशी तिथि पूर्वाषाढा नक्षत्र हर्षण ७ः४९ पर बज्र योग गर करण ९ः५ पर भद्रा करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा धनु राशिमा, काठमाडौंमा सूर्योदय विहान ६ः५२ मा भयो र सूर्यास्त साँझ १७ः४४ मा हुनेछ । शुभ समय अभिजीत ११ः५४ देखि १२ः३७ अशुभ समय राहुकाल ९ः३६ देखि १०ः५६ दिशाशूल– पूर्व । शनिप्रदोषव्रत ।

आजको राशिफल :

मेष राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्वमा बढोत्तरी होला । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह बढ्ला । साझेदारीसम्बन्धी काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । परिवारजनसित मिलेर पिकनक पार्टी आदि जाने दिन छ । यात्रामा सफलता प्राप्त होला । धर्मकर्ममा आकर्षण बढ्नेछ । यश ख्याति फैलिनेछ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ ।

बृष राशि – आरोग्यता बढ्नेछ । आर्थिक पक्ष बलियो हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । नयाँ–नयाँ विकासको अवसर देखापर्ला । आशा आँट उत्साहमा वृद्धि हुनेछ । ऐनकानूनलाई ध्यानमा राख्नु पर्ला । शारीरिक र आर्थिक जोखिममा नपर्दा बेस रहला । मान महत्व ऐश्वर्य बढ्नेछ । रोकिएको काम बन्ला । विजयश्री मिल्ला ।

मिथुन राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हास–विलासमा रुचि बढ्ला । प्रेम रस बढ्नेछ । प्रेम पात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिका साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ । मान महत्त्व बढ्नेछ । गीत–संगीतमा आकर्षण बद्नेछ ।

कर्कट राशि – आरोग्यता बढ्ला । हास–विलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ मिल्नेछ । भागदौड व्यस्तता रहला । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । विवादमा पर्नु र जोखिममा पर्नु उचित हुने छैन । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीप्रति सचेत रहनुहोला ।

सिंह राशि – प्रेममा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि – समस्याको समाधान मिल्नेछ । खर्च भ्रमण बढ्नेछ । विवाद आदिमा नपर्नु उचित रहला । अरुको भरभन्दा आफ्नै बल–विवेकले काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । आर्थिक पक्ष सबल बन्नुको साथै मान–सम्मान वृद्धि होला । सभा–समारोहमा भाग लिनुहुनेछ । यश बर्चश्व र गौरव बढ्ला । सुख सम्पति वृद्धि होला । आफन्तको सहयोग प्राप्त होला । घरपरिवारको वातावरण अनुकुल होला ।

तुला राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । सुख सम्पदा बढ्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन मिल्नुको साथै आनन्द बढ्नेछ । मनोकूलको काम बन्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह सुख ऐश्वर्य बढ्नेछ ।

वृश्चिक राशि – चन्द्रमा दोस्रो स्थानमा भ्रमणशील छ । असन्तुष्टिमा नपर्नु उचित होला । वार्तामा सफलता प्राप्त होला । धन सम्पत्ति बढ्नेछ । भागदौड व्यस्तता पनि बढ्नेछ । सभासमारोहमा मान पुरस्कार प्राप्त होला । हास–विलासमा रुचि बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु राशि – सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

मकर राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ । कर्मयोगी रहनुहुनेछ । कार्य क्षेत्रमा सफलता हाथ पार्नुहुनेछ । नयाँ दायित्व भेट्नेछ । भएको दायित्व पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्व बढ्ला । रोकिएको कार्य पनि बन्नेछ । योजना र बजेट बनाई काम गर्नु बेस रहला ।

कुम्भ राशि – चन्द्रमा लाभ स्थानमा भ्रमणशील रहेको छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ ।

मीन राशि – सुख आनन्द बढ्ला । मान महता बढ्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । धन सम्पत्ति बढ्नेछ । यश ख्याति फैलिनुको साथै सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नपरी विवाद आदिप्रति सचेत रहनु उचित हुनेछ । हाकिमको साथ मिल्ला । राजकाजमा सफलता मिल्नेछ । यश–वर्चश्व बढ्ला ।