साताको राशिफल (१९–२५ माघ २०७५ । सन् २०१९ फेब्रुअरी २ देखि ८ तारिखसम्म)

साताको राशिफल (१९–२५ माघ २०७५ । सन् २०१९ फेब्रुअरी २ देखि ८ तारिखसम्म)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

साताको चाडपर्व :

शनिबार– शनिप्रदोषव्रत । आइतबार– लैचःह्रेपूजा । सोमबार– सोमबारे औंशी, दर्शश्राद्ध, आर्यघाटमा माधवनारायण मेला, नवलपरासीमा त्रिवणीमेला, विश्व अर्वुदरोग दिवस । मंगलबार– सोनम (तामाङ) ल्होछार, बल्लभ जयन्ति । शुक्रबार– तिलकुन्दचतुर्थी ।

साताको राशिफल :

मेष राशि – साताको प्रथम दिन धर्मकर्मप्रदायक लाभदायक र उन्नति कारक रहला । रोकिएको धन उठ्ला र नयाँ आयस्रोत खुल्नेछ । आइतबार सोमबार र मंगलबारतिर मान महत्व बढ्नेछ । यात्रा होला । राजकीय कार्य बढ्नेछ । दायित्व बढ्ला । मनोकूलको काम बन्नुसँगै उच्चाधिकारीको साथ प्राप्त होला । साताका अन्तिम तीन दिन शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्ला । धन मान बढ्ला । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । रोकिएको काम बन्नेछ ।

बृष राशि – साताको अघिल्लो दिन मिश्रित फलदायक रहनेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु बेस रहला । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ । तीन दिन अन्न धन वृद्धिकारक रहला । सुख शान्ति बढ्नेछ । यात्रापरक काम बन्नेछ । धर्मकर्ममा आकर्षण बढ्ला । रोकिएको धन प्राप्त हुनेछ । बुधबार र विहीबारतिर यात्रा हुने खर्च बढ्ने तथा खेलकूद भ्रमण कार्यमा रूचि बढ्नेछ । नयांँ दायित्व मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । शुक्रबारतिर शुभता बढ्नेछ । मान सम्मान मिल्नेछ । सुख समृद्धि बढ्नेछ । मिठो भोजन खान पाइनेछ । आय वृद्धि होला । लगानी उठ्नेछ ।

मिथुन राशि – साताको प्रथम दिन भाग्यवर्द्धक सावित होला । टाढाको यात्रा हुनेछ र मान सम्मान बढ्नेछ । साझेदारीको काम बन्ला । भोगविलासमा रुचि बढ्ला । प्रगति हुनेछ । आरोग्यता बढ्नेछ । आइतबार सोमबार र मंगलबारतिर नयाँ काम बन्नेछ । आलस्य दूर होला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनु र ऐनकानूनको मान राख्नु हितकर होला । बुधबार र विहीबारतिर धन वृद्धि हुनेछ । आयस्रोत बढ्ला । शुभ काममा आकर्षण बढ्ला र यात्रा होला । शुक्रबारतिर भागदौड बढ्नेछ । हास–विलासमा मन लाग्ला । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । यश वर्चश्व बढ्नेछ ।

कर्कट राशि – साताको प्रथम दिनमा जोखिमपूर्ण काममा सफलता मिल्नेछ । नियम कानूनको साथ मिल्नेछ । स्वास्थ्य तथा चोटपटकको भय रहने छैन । दोस्रो तेस्रो र चौथो दिन यात्रा नयाँ सफलता र धन मानको लागि शुभ सावित हुनेछन् । पाँचौं र छैठौँ दिनमा स्वास्थ्य र चोटपटक लाग्न सक्ने कुरामा सचेत रहनु पर्नेछ । नियमकानूनलाई ध्यानमा राख्नु पर्ला । सातौँ दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । यात्रामा सफलता मिल्नुसँगै धर्मकर्ममा प्रवृति बढ्ला ।

सिंह राशि – साताको पहिलो दिन मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्ला । प्रेममा सफलता प्राप्त होला । विद्या बुद्धि बढ्ला । इष्टमित्र सन्तानको साथ पाइने छ । दोस्रो र तेस्रो र चौंथो दिनमा कुनै पनि प्रकारले शारीरिक र आर्थिक कार्यमा सफल हुनुहुनेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । पाँचौँ र छैठौँ दिनमा मान प्रतिष्ठा बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हास–विलासमा रुचि बढ्ला । सातौँ दिनमा नयाँ कार्यमा बाधा मिल्नेछ । शारीरिक र आर्थिक कष्ट बढ्ला । यश वर्चश्व बढ्नेछ ।

कन्या राशि – सप्ताहको अघिल्लो दिनमा अरुको भर पर्नु र जोखिममा लाग्नु उचित हुनेछैन । विवादमा नपर्नु उचित हुनेछ । दोस्रो तेस्रो र चौथो दिन आरोग्यतादायक, सुख समृद्धिप्रदायक रहनेछन् । प्रेम होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तति–सुख इष्टमित्र बढ्लान् । मिठो भोजन मिल्नुको साथै मान प्रतिष्ठादायक तथा सफलताकारक रहला । पाँचौँ छैठौँ र सातौँ दिनतिर ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । शुभता बढ्नुको साथै भाग्योदय पनि हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्ला ।

तुला राशि – साताको प्रथम दिनमा विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्ला । मित्रमिलन हुनेछ । प्रेममा पनि सफलता मिल्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ । दोस्रो तेस्रो र चौथो दिनमा आरोग्यता बढ्ला । शत्रुसित लड्ने शक्ति बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । विवादमा नपर्नु र अरुको भर नपरी काम गर्नु उचित होला । पाँचौँ दिनतिर नयाँ कार्य बन्नेछ । मिठो खान पाउनुको साथै हाँसविलासमा आकर्षण बढ्नेछ । प्रेम पात्र र इष्टमित्र सन्तान आदिको साथ मिल्नेछ । सातौँ दिनतिर स्वास्थ्य र दूर्घटनाप्रति सतर्कताको आवश्यकता रहला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक राशि – साताको प्रथम दिनमा अनावश्यक खर्चमा र विवाद आदिमा कमी हुने सम्भावना रहनेछ । धन मान महत्व बढ्नेछ । दोस्रो तेस्रो र चौथो दिनहरुमा आँट उत्साह बढ्ला । यात्रामा सफलता मिल्नेछ । सुख समृद्धि ऐश्वर्य बढ्नेछ । पाँचौं र छैठौँ दिनहरुमा अनावश्यक खर्च बढ्ने र भागदौड बढ्ने सम्भावना रहनेछ । विवाद आदिमा नपरी अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु राम्रो रहला । सातौँ दिन सुख आनन्दवर्द्धक र सफलतादायक सावित हुनेछ । नयाँ–नयाँ विकासका अवसर मिल्नेछ ।

धनु राशि – शनिबार आँट हिम्मत बढ्नेछ । यात्रा हुनुको साथै कार्यमा पनि सफलता मिल्नेछ । मिठो भोजन खान पाइनेछ । सुख आनन्द बढ्ला । आइतबार सोमबार र मंगलबारतिर अनावश्यक खर्च र अनावश्यक विवाद आदिदेखि सतर्क रहनु उचित हुनेछ । वार्तामा सफलता मिल्नेछ । भोज भतेरमा भाग लिनुहुनेछ । मान पुरस्कार प्राप्त होला । बुधबार र विहीबारतिर प्रेममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नुको साथै ऋण रोग र शत्रुसित लड्ने शक्ति बढ्नेछ । विजयश्रीको प्राप्ति हुनेछ । आँट उत्साह बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । शुक्रबार विवाद आदिमा नपरी अरुको भरमा नपरी आफ्नै बल विवेकले काम गर्नु बेस रहला ।

मकर राशि – साताको प्रथम दिन खर्चवर्द्धक रहला । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु बेस रहला । दोस्रो तेस्रो र चौथो तीनदिन सफलताप्रदायक र उन्नतिकारक रहलान् । आशा उत्साह बढ्नुको साथै सुख शान्तिमा वृद्धि हुनेछ । पाँचौं र छैठौँ दिनतिर व्यर्थको खर्च अनावश्यक यात्रा र विवाद आदिमा नियन्त्रण आउला । आर्थिक पक्ष बलियो बन्नेछ र मान पुरस्कार प्राप्त होला । सातौँ दिनतिर आरोग्यता बढ्नुको साथै नयाँ सफलता मिल्नेछ ।

कुम्भ राशि– साताको सुरुको दिन विभिन्न प्रकारले सफलताप्रदायक रहनेछन् । सुख समृद्धि बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । पारिवारिक र बौद्धिक विकास पनि हुनेछ । दोस्रो तेस्रो र चौथो दिनमा भागदौड र अस्तव्यस्तता बढ्ला । खर्चमा नियन्त्रण राख्नुपर्नेछ । झैंझगडा र स्वास्थ्यप्रति सचेत रहनु हितकर रहनेछ । बाँकी तीन दिन शुभ र भाग्यवर्द्धक सावित होला । मनोकूलको काम बन्नेछ । सुख आनन्द मान महत्व आरोग्यता बढ्नेछ ।

मीन राशि – साताको प्रथम दिन काम बन्ने धन बढ्ने र सामान बढ्ने खालको देखिन्छ । आलस्य नगर्नु नै उत्तम रहला । बाँकी दिन पनि सुख–सफलतादायक रहनेछन् । आरोग्यता बढ्ला । नयाँ सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । मिठो भोजन मिल्नेछ । आर्थिक उन्नति हुनुको साथै मान प्रतिष्ठा बढ्नेछ ।