आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य

आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य


नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमका अनुसार शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँको दरले मुल्य वृद्धि भएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ ।

नेपाल आयल निगमले एलपी ग्यासको मुल्य भने समायोजन गर्न सकेको छैन । इन्डियन आयल कर्पोरेशनको मुल्य अनुसार नेपाल अयल निगमलाई ग्यासमा प्रतिसिलिण्डर ३२ रुपैयाँ ६८ पैसा घाटा छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रु एक अर्ब १६ करोड नाफा हुनेछ ।

आइओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २५ पैसा र डिजेलमा चार रुपैयाँ २८ पैसा बढाएर नयाँ निगमलाई मूल्यसूची पठाएको थियो । सोही आधारमा निगमले नेपालमा पनि इन्धनको मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

निगमले १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरेपनि सर्वसाधारण उपभोक्ताको हित तथा देशको आर्थिक वृद्धिलाई ध्यानमा राखी अघिल्लो पटक इन्धनको मूल्यवृद्धि गरेको थिएन । विगतमा करीब डेढ महीनाजति अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले पेट्रोलियम खरीद मूल्यमा कमी आउँदा विगतको महीनामा भएका नोक्सानी केही हदसम्म पूर्ति भएको निगमका प्रवक्ता गोइतले जानकारी दिए ।