भोजपुर पुगेर बाबुरामले भने, ‘अबको पालो आर्थिक समृद्धिको’

भोजपुर पुगेर बाबुरामले भने, ‘अबको पालो आर्थिक समृद्धिको’


पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजन बाबुराम भट्टराईले नेपाललाई अब आर्थिक समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताएका छन् । मध्य पहाडी लोग मार्ग जनसंवाद अभियानअन्तर्गत भोजपुरको टुँडिखेलमा भएको कार्यक्रममा उनले नेपाल, भारत र चीनजस्ता तीव्र आर्थिक समृद्धितर्फ गइरहेको देशको बीचमा रहेकाले अबको सरकारको आर्थिक समृद्धिलाई पहिलो प्राथमिकताका राखेर काम गर्नुपर्ने बताए ।

उनले नयाँ शक्ति पार्टी नेपालले देशको समृद्धिको खाका कोरेर आफ्नो क्रियाकलाप अगाडि बढाएको समेत बताए । उनले भने, ‘नेपालको राजनीतिक क्रान्ति सकियो अब हाम्रो ध्यान जनताको आर्थिक विकासमा जानुपर्छ, अबको सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ ।’

संयोजक भट्टराईसहितको टोली जनताका गुनासा सुन्ने लक्ष्यका साथ विभिन्न ठाउँमा जनसंवाद कार्यक्रम गरिएको छ । यो अभियानअन्तर्गत आज भोजपुरको अरुण गाउँपालिकाको प्याउली, पौदुङ्ममा गाउँपालिकाको च्याङ्ग्रे, भोजपुर सदरमुकामलगायत ठाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।