आठ अंकभन्दा बढीले घट्यो नेप्से

आठ अंकभन्दा बढीले घट्यो नेप्से


साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा सेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ८.५७ बिन्दुले घटेर एक हजार १५३.०६ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ बिन्दुले घटेर २४५.०८ बिन्दुमा झरेको छ । कारोबार रकममा भने केही वृद्धि भएको छ । आज कुल १६९ कम्पनीको १५ लाख २७ हजार ७०६ कित्ता सेयर रु. ४१ करोड ५७ लाख ७३ हजार ६०३ मूल्यमा खरिद–बिक्री भएका छन् ।

कारोबार भएका ११ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक दश उपसमूहको सेयर कारोबार घटेको छ । व्यापार २.८७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ५.६४, होटेल १७.२५, विकास बैंक ८.७१, जलविद्युत १८, वित्त १.०२, निर्जीवन बिमा ३६.३१, उत्पादन १८.५३, अन्य १२.३८, लघुवित्त २.८ र जीवन बिमा ३७.५३ बिन्दुले घटेको छ ।

नेपाल धितोपत्र बोर्डले सेयर प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको सन्दर्भमा आइतबार बजारमा सुधार आउने अपेक्षा गरिएको थियो ।

घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब चार प्रतिशतले कमाउँदा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका सेयरधनीले दुई प्रतिशतले कमाएका छन् । यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्थाले १.९८, कालिका लघुवित्त वित्तीय संस्थाले १.९७, एभरेष्ट इन्सुरेन्स कम्पनी १.९७, विशाल बजार कम्पनीका शेयरधनीले १.९५ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सानिमा इक्विटी फन्ड ३.७, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था ३.०६, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी २.८४, महालक्ष्मी विकास बैंक २.८७, अरुण काबेली पावर २.६७, हिमालयन पावर पार्टनर २.६७ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २.६८ गुमाएका छन् ।