६ महिनामा नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

६ महिनामा नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड


नेपाल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा एक अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको ६ महिनाको तुलनामा चालू आवको ६ महिनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ । बैंकले खुद ब्याज आम्दानी रु. तीन अर्ब १६ करोड ७२ लाख ४९ लाख गरेको छ । गत आवको ६ महिनामा बैंकले रु. दुई अर्ब ९४ करोड तीन लाख २९ हजार ब्याज आम्दानी गरेको थियो ।

रु. नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा रु. १९ अर्ब ६५ करोड १४ हजार रहेको छ । बैंकले रु. एक खर्ब पाँच अर्ब ६७ करोड ८२ लाख ८६ हजार निक्षेप संकलन गरी रु. ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार ऋण लगानी गरेको विवरणमा उल्लेख छ । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ३.२३ प्रतिशतबाट घटेर २.७४ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी रु. ३३ रहेको छ ।