प्रदेश ३ मा आज सार्वजनिक बिदा

प्रदेश ३ मा आज सार्वजनिक बिदा


प्रदेश ३ सरकारले २८५५ औँ सोनाम ल्होछारको अवसरमा आज सार्वजनिक बिदा गरेको छ । तामाङ जातीको बाहुल्य रहेको प्रदेश ३ मा तामाङ समुदायको महत्त्वपूर्ण पर्व सोनाम ल्होछार रहेकाले उक्त दिन बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले माघ ९ गते नै सोनाम ल्होछार पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । ल्होछारको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने भन्दै नेपाल तामाङ घेदुङ सङ्घ सहितका संघसस्थाले मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र समेत बुझाएका थिए ।