भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु


भूकम्पले चर्किएको घर भत्किएर नुवाकोटमा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए ।

नयाँ घर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो । घर भत्किँदा च्यापिएर वृद्धको ज्यान गएको बेलकोटगढी नपा–७ का वडाध्यक्ष हेमनिधि नेपालले जानकारी दिए । तामाङबाहेक परिवारका अन्य सदस्य टहरामा बस्दै आएका कारण उनीहरूको ज्यान जोगिएको छ ।