महालक्ष्मी लाइफको तीन ’प्रडक्ट’ बजारमा

महालक्ष्मी लाइफको तीन ’प्रडक्ट’ बजारमा


औपचारिक सञ्चालनमा आउनुअघि महालक्ष्मी लाइफले आफ्ना तीन ’प्रडक्ट’ बजारमा ल्याएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तीन वटा जीबन बीमा योजना ल्याएको छ ।

आगामी आइतबारबाट औपचारिक सञ्चालनको तयारीमा रहेको संस्थाले औपचारिक कार्यक्रम आयोजना गरेर तीन वटा ’बीमा प्रडक्ट’ सार्बजनिक गरेको हो । १९औं जीबन बीमा कम्पनीका रुपमा सञ्चालनमा आउन लागेको कम्पनीले महालक्ष्मी डबल साबधिक बीमा योजना, लगानी फिर्ता म्यादी बीमा योजना र सावधिक बीमा योजना ल्याएको हो ।

१८ महिनाको संघर्षबाट लाइसेन्स पाएको भन्दै अब सबै हिसाबले सफल हुने कम्पनीको दावी छ । अन्य विमा कम्पनीले जस्तै झुक्याएर सेवा नदिने कम्पनीले जनाएको छ । अहिले कम्पनीको जारी पूँजी २ अर्ब छ । यसमध्ये ६० करोड रुपैयाँ सर्वसाधारणलाई शेयर जारी गरिने छ । संस्थापकहरुले १ अर्ब ४० करोड रुपैयाँ शेयर पूँजी लगानी गरेका छन् ।

आइतबार कम्पनीको औपचारिक उद्घाटनसँगै सातै वटा प्रदेशका प्रादेशिक कार्यालय पनि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । आगामी असारसम्म करिव ५० करोड बीमाशुल्क संकलन गर्ने, दुई बर्षमा नयाँ १० कम्पनीलाई उछिन्ने र पाँच बर्षभरीमा सबै जीबन बीमा कम्पनीभन्दा उत्कृष्ठ हुने संचालकहरुको योजना छ ।

महालक्ष्मी सावधिक बीमा
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले महालक्ष्मी सावधिक बीमा योजना ल्याएको छ । यस बीमा योजना अनुसार बीमितले अधिकतम ५० हजार देखि माथि ५ करोड रकम सम्मको बीमा गर्न सक्नेछन् । यस बीमा योजना खरिद गर्ने बीमितहरुले मासिक, वार्षिक, अर्धवार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ । १७ वर्ष देखि ६५ वर्ष उमेर समुहका मानिस यस बीमा योजनामा सरिक हुन पाउने छन् ।

महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा
यस बीमा योजना अनुसार बीमितले १ लाख देखि ५ करोड रकम सम्मको बीमा गर्न सकिनेछ । यस बीमा योजना खरिद गर्ने बीमितहरुले एकल रुपमा बीमाशुल्क भुक्तानी गर्नु पर्ने हुन्छ । बीमा अवधि ५, १०, १५, २०, २५ र ३० वर्षको हुनेछ ।

महालक्ष्मी डवल सावधिक बीमा
यस बीमा योजनमा अनुसार बीमीतले १ लाख देखि ५ लाख सम्म रहेको छ । यस बीमा योजना खरिद गर्ने बीमितहरुले मासिक, वार्षिक, अर्धवार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीले बताएको छ । १८ वर्ष देखि ६५ वर्ष उमेर समुहका मानिस यस बीमा योजनामा सरिक हुन पाउने भएका छन् ।