६ महिनामै ४४ प्रतिशत राजश्व उठ्नु सकारात्मक

६ महिनामै ४४ प्रतिशत राजश्व उठ्नु सकारात्मक


नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पछिल्लो समय मुलुकको मुल्यवृद्धिको अवस्था असाध्यै अनुकुल रहेको स्पष्ट पारेका छन् ।

आयोजित साक्षात्कारमा बोल्दै क्षेत्रीले भने,‘२-४ वटा पक्षहरु नकरात्मक छैनन् । मुल्यवृद्धि ३.७ प्रतिशत छ, यो असाध्यै अनुकुल हो ।’ त्यस्तै उनले राजश्वपनि यो ५-६ महिनामा ४४ प्रतिशत उठिसकेको सुनाए । उनले भने,‘यो राम्रो पक्ष हो । सालभरिमा उठाउनुपर्ने राजश्वमध्येबाट यो ६ महिनामा ४४ प्रतिशत उठिसकेको छ ।’

साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय नेपाल भ्रमण गर्न आउने पर्यटकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको सुनाए । उनले भने,‘सन् २०२० सम्म २० लाख पर्यटकहरु ल्याउने सरकारको तयारी छ । त्यसको लागि अब पर्यटन पूर्वाधारको विकासमा पनि ध्यान दिनुपर्छ । मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्नुपर्छ ।’

सरकारले उद्योग धन्धालाई प्रसय दिनुपर्नेमा पनि उनले जोड दिए । व्यापार घाटा डरलाग्दो रहेकोले यसलाई घटाउनेतर्फ सरकार अघि बढ्नुपर्ने क्षेत्रीको धारणा छ । उनले भने,‘७ खर्ब प्लस व्यापार भएको छ, तर ५ खर्ब ९९ अर्ब व्यापार घाटा भएको छ। हाम्रो निर्यात अत्यन्तै निराशजनक छ । ३७ अर्बमात्रै निर्यात भएको छ । यसमा सुधार गर्नुपर्छ ।’
क्षेत्रीले राष्ट्र बैंकको आँकडा सुनाउँदै उनले माघ २२ गतेसम्म ३४ अर्बको तरलता रहेको सुनाए । उनले राज्यको ढुकुटीमा १ खर्ब ७० अर्ब जम्मा भएपनि सरकारले खर्च गर्न नसकेको पनि गुनासो पोखे । उनले भने,‘खर्चको अनुपात हेर्दा जम्मा ३८.४८ प्रतिशत देखिएको छ । अझ पुँजीगत खर्च त २०.४७ प्रतिशत छ ।’बैंकहरुलाई राष्ट्र बैंकले कडाईका साथ नियमन गनुपर्ने क्षेत्रीको भनाई छ ।