शंकरदेवमा ग्लोबल आइएमई

शंकरदेवमा ग्लोबल आइएमई


ग्लोबल आइएमई बैंकले राजधानीस्थित शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । शंकरदेव क्याम्पसमा अध्ययनरत विद्यार्थीले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क सङ्कलनको निमित्त बैंकले क्याम्पस परिसरमा एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो । ग्लोबल आइएमई बैंकले सरकारी कार्यालयहरूको आर्थिक कारोबार बैंकिङ च्यानलमार्फत गराउने उद्देश्यका साथ विभिन्न सरकारी कार्यालयमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउँदै आएको बैंकको दाबी छ ।

अत्याधुनिक बैंकिङ सुविधाको आधारमा सरकारी राजश्व संकलनका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेका निजि क्षेत्रका बैंकमध्ये ग्लोबल आइएमई एक बैंक हो । उक्त बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोशी, नारायणी र गण्डकी अञ्चलका यातायात व्यवस्था कार्यालयहरू, अध्यागमन विभाग, उद्योग विभाग, यातायात व्यवस्था कार्यालय–सतुङ्गल, आन्तरिक राजश्व कार्यालयहरु जनकपुर, धरान, तुल्सीपुर, लाहान, कावासोती र मालपोत कार्यालय नारायणगढमा आफ्नो काउण्टर स्थापना गरी सरकारी कार्यालयमा सेवा प्रदान गर्दै आएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।