जनता बैंकको नयाँ एक्स्टेन्सन काउन्ट

जनता बैंकको नयाँ एक्स्टेन्सन काउन्ट


जनता बैंक नेपाल लिमिटेडले पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोबार आरम्भ गर्नुका साथै एक सीमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ ।

पाल्पा जिल्ला रम्भा गाउँपालिका–३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोबार सुरु गरिएको सो बैंकले जनाएको छ । सोही गाउँपालिकाको तनहुँमा रहेको ताँहु शाखामातहत रहने एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोबार गरिने र सो क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणले समेत उक्त काउन्टरबाट बैंकिङ सेवा लिन सक्ने बताइएको छ ।

सो काउण्टरका साथै बंैकको मेचीदेखि महाकालीसम्म सातवटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटिने गरी १२८ शाखा, ५० शाखारहित बैकिङ केन्द्र, ७९ एटीएम, एक सीमित्त बैंकिङ इकाई र तीन एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनमा आफ्नो शाखा सञ्जाल बिस्तार गर्दै देशभर नै सशक्त उपस्थिति जनाउने योजना रहेको जनाएको छ ।