आठ अंकले घट्यो सेयर

आठ अंकले घट्यो सेयर


धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक आठ दशमलव २१ बिन्दुले घटेर एक हजार ११२ दशमलव ८७ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ बिन्दुले घटेर २३६ दशमलव ९२ बिन्दुमा झरेको छ । स्टकका अनुसार बिहीबार कुल १६४ कम्पनीको ८० लाख ९५ हजार ७२ कित्ता सेयर रु. दुई अर्ब १६ करोड ६५ लाख ६ हजार ४८२ मूल्यमा खरिद–बिक्री भए ।

बिहीबार कुल १६४ कम्पनीको ८० लाख ९५ हजार ७२ कित्ता सेयर दुई अर्ब १६ करोड ६५ लाख ६ हजार ४८२ रुपैयाँमा खरिद–बिक्री

अधिकांश कम्पनीको सेयर ओरालो लाग्दा त्यसको प्रभाव उपसमूहमा समेत परेको छ । बैंकिङ पाँच दशमलव ६८, होटेल २७ दशमलव शून्य चार, विकास बैंक चार दशमलव ५४, जलविद्युत आठ दशमलव ७८, वित्त दुई दशमलव १३, निर्जीवन बिमा ७० दशमलव १७, उत्पादन १८ दशमलव ७१, अन्य सात दशमलव ५१, लघुवित्त १५ दशमलव ३४ र जीवन बिमा २९ दशमलव ३५ प्रतिशत बिन्दुले घटेको छ ।

घटेको बजारमा एभरेष्ट बैंक नेपालको एक अर्ब ९१ करोडबराबरको संस्थापक सेयर बिक्री भएपछि बजारमा कारोबार रकम बढी देखिएको स्टकले जनाएको छ ।