आजको पञ्चाङ्ग एवम् राशिफल (३ फागुन २०७५ शुक्रबार, १५ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ फागुन २०७५ शुक्रबार, १५ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु वि.सं. २०७५ फाल्गुण ३ गते शुक्रबार तद्अनुसार सन् २०१९ फेब्रुअरी १५ तारिख माघ शुक्लपक्ष दशमी तिथि ८ः२३ पर एकादशी तिथि मृगशिरा नक्षत्र १६ः४३ पर आद्र्रा नक्षत्र विषकुम्भ योग वणि करण आनन्दादिमा मानस योग । चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय आज बिहान ६ः४४मा र सूर्यास्त साँझ १७ः५४ मा हुनेछ । शल्यदशमी, स्मार्तहरूको भीमा एकादशीव्रतम् । शुभ समय अभिजित– ११ः५६ देखि १२ः४१, अशुभ समय राहु काल– १०ः५४ देखि १२ः१८, दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – आर्थिक पक्ष बलियो बन्नेछ । आयात–निर्यातसित सम्बन्धिक काम बन्नेछ । वार्तामा सफलता भेट्नेछ । मान–सम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । उन्नतिमूलक काममा भाग लिनुहुनेछ । आफन्तको सुख मिल्नुको साथै आशा उत्साह बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा रुचि बढ्ला ।

बृष राशि – कार्यव्यापारमा प्रगति होला । दिन शुभ र भाग्यशाली सावित हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । मान गौरव बढ्नुसँगै वार्तामा पनि सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ । नयाँ दायित्व पाउनुसँगै रहेको दायित्वलाई पूरा गर्नुहुनेछ । चलिरहेको कार्यमा सफल हुनुसँगै नयाँ काममा पनि सफलता पाउनुहुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । धन सम्पत्ति बढ्नेछ र साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ । विजयश्री मिल्नेछ ।

मिथुन राशि – भाग्योदय होला । बौद्धिकता, रचनात्मकता, कलात्मकता, गीतसंगीत आदिसित सम्बन्धित काम बन्नेछ । प्रेममा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । विजयश्री मिल्नेछ । पदप्रतिष्ठा बढ्नेछ । योजना बनाएर काम गर्नु बेस हुनेछ ।

कर्कट राशि – रसरागमा आकर्षण बढ्नेछ । स्वास्थ्य र चोटपटकप्रति ध्यान राख्नुपर्नेछ । खर्च र भागदौडमा नियन्त्रण राख्नुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु शुभ होला । आफन्तको सहयोग मिल्नेछ । जोखिमप्रति सचेत भई काम गर्नु उचित हुनेछ ।

सिंह राशि – मनोकूलको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । साझेदारीको काम बन्ला । सुख सम्पति मान आनन्द बढ्नेछ । कर्मयोगी रहनुहुनेछ । सुख समृद्धि बढ्नेछ । मान बर्चश्व बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । हासविलासमा आकर्षण बढ्नेछ ।

कन्या राशि – साहसिक कर्ममा रुचि बढ्ला । उन्नति पदोन्नति होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । राजकीय कार्य बन्नेछ । मान पुरस्कार मिल्नेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्ला । ऐश्वर्य बढ्नेछ ।

तुला राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । शारीरिक र आर्थिक काममा प्रगतिशील रहनुहुनेछ । कला, साहित्य, गीतसंगीत, कलात्मकता, रचनात्मकता आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला । धर्मकर्ममा प्रवृत्ति बढ्ला । ख्याति फैलिनेछ । नियमकानूनको साथ मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सार्थक कार्यमा आकर्षण बढ्नेछ ।

वृश्चिक राशि – भागदौड बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । साझेदारीको कार्यमा सफलता मिल्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । सम्पन्नता वृद्धि हुनेछ, तर कुनै पनि प्रकारको शारीरिक र आर्थिक जोखिममा नपर्नु हितकर रहला । लापर्वाही नगर्दा बेस होला ।

धनु राशि – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ अवसर मिल्नेछ । आशा उत्साह बढ्नेछ । मिठो भोजन मिल्नेछ । भोगविलामा प्रवृत्ति होला । दूरदेशबाट शुभ समाचार मिल्नेछ ।

मकर राशि – आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आर्थिक काममा सफलता । वार्तामा सफलता मिल्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । मित्रलाभ होला । दायित्वलाई पूरा गर्नु हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैजानेछ ।

कुम्भ राशि – कुनै पनि प्रकारको महत्वपूर्ण काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तान एवम् प्रेमपात्रको साथ मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार होला । सुख समृद्धि बढ्नेछ । यात्रामा भाग्योदय हुनेछ ।

मीन राशि – आँटसाहस बढ्ला । समस्याको समाधान मिल्नेछ । अरुको भर नबसी आफ्नै बल–विवेकले काम गर्नु हितकर होला । सुख–समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । सुख विलासको वस्तुमा खर्च बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । जोखिममा नपर्नु उचित हुनेछ । विवादमा नपरी संयम र विवेकले काम गर्नु हितकर रहनेछ ।