छ महिनामा ४ दशमलव ६ प्रतिशतले मूल्यवृद्धि

छ महिनामा ४ दशमलव ६ प्रतिशतले मूल्यवृद्धि


चालु आर्थिक वर्षको छ महिनामा मूल्यवृद्धि ४ दशमलव ६ प्रतिशतले भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख भए अनुसार पुस मसान्तसम्ममा मूल्यवृद्धि गत वर्षको तुलनामा शुन्य दशमलव ६ प्रतिशत बढीले वृद्धि भएको छ ।

पुस मसान्तसम्ममा काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । काठमाडौंमा ५ दशमलव २ प्रतिशत, पहाडी भेगमा ४ दशमलव ९ प्रतिशत, हिमालमा ४ दशमलव ५ प्रतिशत र तराईमा ४ प्रतिशत मूल्य वृद्धि भएको छ । यस बाहेक पनि थोक बजारमा पुष महिनामा वार्षिक बिन्दुगत मूल्य बृद्धि ६ प्रतिशत देखिएको छ ।

यो अवधिमा अमेरिकी डलरसँग नेपाली मूद्रा २ दशमलव ८ प्रतिशतले अवमूल्यन हुँदा समेत मूल्यवृद्धि उच्च भएको हो ।