पीडैपीडाको
पहाड भयो जिन्दगी ।
दुःखैदुःखको
सागर भयो जिन्दगी ।
बाँच्नुकोे कुनै
अर्थ रहेन
अब यहाँ
बेसहरा भयो जिन्दगी ।
आफन्त भन्नु
सबैले छोडेर गए
मर्नु न बाँच्नुको
भयो जिन्दगी ।
रहेन कोही आफन्त भन्नु
कसलाई भन्नु
कस्तो विपत्तिमा
प-यो जिन्दगी ।
हिजोसम्म
हँसिखुसी थियो सबैसँग
आज बेहाल
भयो जिन्दगी ।
प्रतिक्रिया