कोइरालाले त्यागे राम्रो, देउवा र केपीले सम्हाले झन् राम्रो

कोइरालाले त्यागे राम्रो, देउवा र केपीले सम्हाले झन् राम्रो


bicharदेउवा वा केपीको नेतृत्व देशलाई फाप्ने
गत १२ वैशाखमा नेपालको मध्यभागमा महाभूकम्पको कारण ठूलो मात्रामा धनजनको क्षति ग-यो । अझै पनि भत्किएका, चर्किएका घर तथा भवनहरूको जीर्णोद्धार हुन सकिरहेका छैनन् भने कैयन् पीडित सामान्य जीवनमा फर्किन सकिरहेका छैनन् । ठूलो सङ्ख्यामा मानिसको हताहती पनि भयो । कैयन् अङ्गभङ्ग र घाइते पनि भए । अझै पनि मानिसमा भूकम्पको तरङ्ग हटिसकेको छैन । यस्तै परिवेशमा अब जेठ सुरु हुनै लागेको छ । के जेठ पनि सावधानी अपनाउनुपर्ने महिनाको रूपमा रहेको छ ? जेठ महिना प्रवेशको समयको विवेचन गर्ने जमर्को यहाँ गरिँदै छ ।
श्री शाके १९३७, किलकनाम संवत्सर, ग्रीष्मऋतु, ज्येष्ठकृष्ण द्वादशीतिथि, वि.सं. २०७२ जेठ १ गते शुक्रबार तदनुसार सन् २०१५ मे १५ तारिख बिहान १०ः१४ बजे सूर्य वृषराशि अर्थात् ज्येष्ठ महिनामा प्रवेश गर्नेछन् । सो समय नेपाली आकाशमा इष्ट १२।२७, भुक्त १३।२७, भभोग ५५।१२ तथा कन्या नवांश, कर्कट होरा, कर्कट द्रेष्काण, कन्या त्रिशांश, मीन सप्तांश, मिथुन दशमांश, तुला द्वादशांश, सिंह षोडशांश, मकर षष्ट्यंश तथा प्रीति योग र तैतिलकरण चलिरहेको छ । त्यस्तै सूर्य वृषको ० डिग्री, चन्द्रमा मीनको १९ डिग्री, मंगल वृषिको ८ डिग्री, बुध वृषको १८ डिग्री, गुरु कर्कटको २० डिग्री, शुक्र मिथुनको १३ डिग्री, शनि वृश्चिकको ८ डिग्री र राहु कन्याको १३ डिग्रीमा रहेका छन् भने शनि वक्री, मंगल अस्त र बुध जेठ ५ पछि अस्त हुने एवम् शनिसित मंगल–सूर्य–बुधको परस्पर सम्बन्ध रहने भएकाले स्थिति सामान्य मान्न सकिँदैन । ०५८ को जेठ महिनामा पनि यस्तै योग पर्न गएको थियो । विशेष गरी शनि–मंगलको योग आँधी, हुरी, अग्निकाण्ड तथा बाढी, पहिरो र सूर्य पनि सँगै रहेकाले भूकम्प वा अन्य प्राकृतिक विपत्ति पर्नसक्ने, राष्ट्रमा शोकधुन बज्नसक्ने तथा शासनसत्तामा उथलपुथल आउन सक्ने देखिन्छ । तैपनि वृहस्पति र शुक्र छलिएका कारण क्षतिमा न्यूनता हुनसक्ने सम्भावना पनि छ । तैपनि सर्वसाधारणले अग्नि, बिजुली, हतियार र सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने जरुरी देखिन्छ । विशेष गरी जेठका ४, ५, १९, २० तथा असार १ गतेसम्म होस गर्नुपर्ने सङ्कटदायी दिनहरू हुनेछन् । नेपाल मात्र होइन अन्य देशमा पनि यस्तो गडबडी पर्न सक्नेछ । हवाई वा गाडी दुर्घटना, भूक्षय वा भूस्खलन बढी हुनसक्नेतर्पm सचेतता अपनाउनुपर्नेछ । शनिले वायु र मंगलले अग्निको प्रतिनिधित्व गर्छन् भने सूर्य र बुधले पृथ्वीको । शनि–मंगलको युतिलाई ज्योतिष शास्त्रमा सर्वथा खराब योग मानिन्छ । त्यसमाथि पनि सूर्य, बुधसहित भएकाले निकै खराब योग बन्न जाने हुनाले आमनागरिकले सतर्क रहन जरुरी छ ।
सामान्य अर्थमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्दा मीन राशिमा चन्द्रमा रहेकाले र काठमाडौं नेपालको राजधानी भएकाले नेपालको मीन राशि ठहर्छ । मीन राशिलाई जेठ महिना अकारक मानिन्छ । त्यसमा पनि मीन राशिलाई शनि अकारक, मंगल प्रबल मारकेशग्रह भएकाले यसपल्टको जेठ र २०७३ सालको जेठ महिना विपत्तिकारक महिना मान्न सकिन्छ । हाल सुशील कोइराला नेपालका लागि प्रधानमन्त्री हुनुहुन्छ । सुशीलको राशि कुम्भ र नेपालको राशि मीन भएकाले उहाँको कार्यकाल नेपालका लागि घातकसिद्ध हुने देखिन्छ । राशि–ग्रहका हिसाबमा अहिले प्रमका लागि नेपाली नेताहरूमा देउवा र केपी ओलीको नेतृत्व मात्र फाप्ने देखिन्छ । यतिसम्म कि सुशीलबाले बुद्धि पु-याउनुभएन भने उहाँ अपदस्त हुने प्रबल सम्भावना छ । शनि–मंगलको परस्पर सम्बन्ध राज्यसत्तामा सेना वा विद्रोहीको वर्चस्व बढ्न जान्छ । यसर्थ सुशीलबाले पद त्यागिदिनु राम्रो हुनेछ । आगामी जेठ महिना प्राकृतिकका साथै राजनीतिक दृष्टिले पनि राम्रो देखिँदैन । तत्कालै नेपालमा राजा फर्कने सङ्केत नदेखिए पनि पूर्वराजाका लागि असार ३० पछि अनुकूल भएर आउनेछ भने प्रचण्डलाई प्रतिकूल हुनेछ । यदि कसैको जन्मकालमा गुरु वक्री, अस्त, हीनबलिको भए उनीहरूको कारण देशकै ठूलो क्षति हुन जान्छ । सुशील बाको गुरु र शनि बक्री भएकाले व्यक्तिगत रूपमा इमानदार भए पनि खराब ग्रहका कारण मुलुक ओरालो लाग्ने तथा देशबासीले थप कष्ट भोग्नुपर्ने हुनेछ । यस्तो योग गिरिजाबाबु र प्रचण्डको पनि छ । त्यसकारण उहाँहरूको कार्यकाल नेपालीका लागि कष्टकर बन्यो ।
गत वैशाख १२ को महाभूकम्पको बेला शनिबार भएकाले अधिकांश चर्चमा यशुभक्तहरूको इहलीला समाप्त भयो । नेपालमा स्वार्थवश धर्मपरिवर्तन गरेकाले यस्तो भएको मान्नेहरू धेरै छन् । कुरा जे भए पनि जेठ महिनाभर चर्चमा प्रार्थना गर्न नजानुहोला । ठूला र चर्केका घरमा पनि नबस्नुहोला । सकिन्छ भने माछा, मासु, मदिरा पूरै बन्द गरिदिनुहोला । भोज, उत्सव पनि नलगाउनुहोला । घरघरमा हरे राम, हरे कृष्ण वा माने पेमे जप्नु होला । आ–आफ्ना धर्म, संस्कृतिअनुसार पूजापाठ गर्नुहोला, ताकि ठूलो विपत्ति पर्न नपाओस् । जथाभावी हिँड्ने पनि नगर्नुहोला । आपूmलाई सम्हाल्नुभएमा मात्र पनि बढिया हुनेछ । यो पृथ्वी मेरो मात्र होइन, सबैको साझा हो भन्ने भावना राख्नसके अत्युत्तम हुनेछ । यति गर्न सकिएको खण्डमा मानिस मात्रको कल्याण हुनेछ । एवमस्तु ।
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, काठमाडौं