हाल ०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११:५६ बजे गएको अर्धविनाशकारी भूकम्प पुनर्वशु नक्षेत्रको चतुर्थ चरण नामअक्षर ही, पुरानाम हिक्मत नक्षेत्र पाउ सुन राशि पाउ चाँदी फल सुनचाँदी व्यवसायमा ह्रास, वर्ण ब्राह्मण दुई वर्षपछिको परिणाम राम्रो, देवगण भएकै कारण देवस्थानहरू ध्वस्त, योनि बिरालो परेको हुनाले बिरालाको चालमा भूकम्प आइरहने, नाडी आध्य परेको हुनाले फेरि आउने आशङ्का, वस्य जलचर बिनाऋतु पानीका मूल फुट्ने, प्रतिपदा र द्वादशी सप्तमी र शनिबार, मंगलबार र बुधबार क्षतिका दिन हुन् । कारण वर्षेश राजा शनि भएको हुनाले शनिबार भुइँचालो गएको हो । वर्ष प्रवेश जगलग्न कुन्डलीमा सिंह लग्न छ । त्यसको स्वामी सूर्य हुनाले आइतबार र वर्षेश मन्त्री मंगल भएको कारण हो । २०७२ साल सुरु हुँदा चैत शुक्ल पूर्णिमा ग्रहण लागेको थियो, तर पूर्णिमा तिथि १७:१० बजेसम्म थियो । सूर्य अस्त १८:२१ बजे भएको थियो । एक घन्टा ११ मिनेट दिन बाँकी हुँदा प्रतिपदा लागिसकेको थियो । त्यस दिन मृत्यु योग परेको थियो । कर्कट राशिको दुई अंश उन्नाईस कला एक्काईस विकला जोडी राशिमा चन्द्रमा बृहस्पति योवन अवस्थामा उच्च भई चन्द्रमा जारसँग लग्नमा विराजमान र अति शत्रुको घर नेपालको राशिमा मन्त्रिपरिषद्को घरमा साढे सातको शनि बक्री भई सूर्य चन्द्र बव्रmी मंगल र केतुको मृत्यु दृष्टि लिएर स्थिर राशि वृश्चिक राशिमा बृहस्पति कारक भई शनिश्चर मारक भूकम्प लग्नदेखि पाँचौँमा, धर्मस्थानमा केतु र केतुदेखि धर्मस्थानमा बव्रmी वृद्घ निद्रा अवस्थामा परेको शनि हुनाले नेपालको स्वामी मंगल अस्त सूर्य जागृत्, चन्द्रमा जागृत् बुध सपनामा, बृहस्पति जागृत् शुक्र जागृत शनि सपनामा रहेको र राहु–केतु पनि जागृत अवस्थामा भएको हुँदा पूर्ण क्षति गराउन बल पुगेको हुन्छ । भूकम्प चर लग्नमा गएको हुँदा यसको असर एक महिना रहन्छ । द्विस्वभावमा गयो भने चार महिना रहन्छ । स्थिर लग्नमा गयो भने चार वर्ष असर रहन्छ । हाल वैशाख १२ गतेको भूकम्पको असरचाहिँ एक महिना रहन्छ, त्यसपछि सुस्त हुँदै जान्छ ।
स्वर्ग इन्द्रका गुरु बृहस्पतिको त्रिपुरेश्वरमा भएको मन्दिर सरकारले डोजर लगाएर भत्काएपछि दैवी आतङ्क बढेको हो । अब आउने धक्का पश्चिमपटि बढी दृष्टि दिएर शनिश्चर बसेको हुँदा आउँदो श्रावण २२ गतेसम्म शनि बक्री रहनाले मानिसलाई निर्धक्क रहन दिँदैन । राज्यलाई नै दिक्दार बनाउँछ । उग्र वर्षाका कारण पहाडमा पहिरो र तराई क्षेत्रमा डुबानको समस्या आउन सक्दछ । शनिले च, ल, अ, म, ट, र, त, भ, ध, फ बाट नामोच्चारण भएका महादेश एवम् देश, अञ्चल, जिल्ला, नगर वा गाउँ, पशुपक्षी या मानिसमा क्षति गराउँछ ।
भूकम्प ७.६ रेक्टर स्केलमा देखापरेको हो । सो समयअनुसार ज्वालामुखी एकै ठाउँबाट विस्फोटन हुँदा खरानी र धातुजन्य पदार्थ बाहिर निक्लन्छ । त्यसलाई लाभा र म्याग्मा भनिन्छ । त्यहाँ एक प्रकारको फलाम पगालिएको झोलजस्तो तरल ज्वालामुखी हुन्छ । ज्वालामुखी पृथ्वीको दुई सयदेखि पाँच सय र एक हजार किलोमिटरसम्मको गहिराइमा हुन्छ । पाँच सय किमिभन्दा माथि भएको ज्वालामुखी समुद्री सतहभन्दा माथिको ज्वालामुखी हो । ज्वालामुखी जति गहिराइमा हुन्छ त्यति नै धेरै क्षेत्रफल ओगटेको हुन्छ । त्यसले धेरै जमिनमा क्षति पु-याउँछ । जसको स्वरूपअनुसार हालको भूकम्प २००० मिटरको हाराहारीमा भएको अनुमान गर्न सकिन्छ । भूकम्प निरोध गर्न सकिन्छ तर ज्यादा खर्चिलो हुन्छ । पहाड वा भूमिमा जति सजिलो हुन्छ समूद्रमा सम्भव हुँदैन । पहाडमा ज्वालामुखीको ग्यास निक्लेर जाने फलामे पाइप हजार मिटरजति धसाएर राख्नुपर्ने हुन्छ । जब ज्वालामुखीको ग्यास निक्लन्छ तब भूकम्प जाँदैन । त्यसलाई प्राकृतिक हिसाबमा शेषनागबाट ओकलिएको विष भनेर मानिन्छ । वैदिक मतमा एक लाख पचास हजार वर्षअगाडि पनि त्यस्तो विषले धर्तीमा जीवित प्राणीमा जिउन गाह्रो हुन्थ्यो । दानवीय शक्तिको रूपमा लिइने भूकम्प या दानवीय शक्तिलाई उन्मूलन गर्नको निमित्त दानवीय शेषनागको नेती र मन्द्राचल पर्वतको मदानी प्रयोग गरी स्वर्गदेखि देवताहरू आएर समुद्र मन्थन गर्दा कालकुट विष निस्कियो । त्यो विष शिवजीले निलिदिनुभयो र ब्रह्मपुत्र नदी हुँदै उत्तरापन्थको बाटो भएर नारायणघाट हुँदै गोसाइँकुण्डतर्फ लौरीविनायकको उकालोतिर विष ओकल्दै गोसाइँकुन्ड पुगेर पृथ्वीमा त्रिशूल धसाउनुभयो । यसपछि त्यहाँ भएको ज्वालामुखी निकालेर ज्वालामुखीलाई भन्नुभयो, ‘मबाट सिर्जित प्राणीहरू र मेरोसमेत तिमीले रक्षा गर्नु, जबसम्म म मनुस्यहरूसँग रिसाउँदिनँ तबसम्म रक्षा गरिरहनू ।’ अनि, गोसाइँ रूपले स्थापित हुनुभयो । यो प्राचीनकालमा अपनाइएको विधि हो । छिट्टै प्राकृतिक रूपमा निरोध हुने भूकम्प २४ घन्टाभित्र दोहोरिन्छ, त्यसपछि डर हुँदैन । जब ज्वालामुखीका भग्नावशेष बाहिर निस्कँदैन, त्यस्तो ज्वालामुखी पृथ्वीको मध्यभागमा हुन्छ । त्यसका सोलाहरू पृथ्वीको चारैतिर पैmलिएको हुन्छ । भूकम्पबाट धकेलिएको भूभाग ठीक ठाउँमा नआएसम्म पटक–पटक भूकम्प भइरहन्छ ।
यस्तो भूकम्प गइरहँदा कुनै दिन ७.६ रेक्टरभन्दा ठूलो शक्तिमा देखा परेर मात्र भूकम्प नआउन सक्छ । नेपालमा भूकम्प आउँदा वृश्चिक राशिमा शनि प्रवेश हुँदा आएको छ । १९९० तथा २०१८ सालमा शनि मकर राशिमा थियो । २०४५ भदौमा शनि धनु राशिमा थियो । २०७२ वैशाख १२ मा शनि वृश्चिक राशिमा थियो । अबको भूकम्प २०९७/९८ को जेठमा मात्र २७ वर्षपछि हुनेछ । यसको कारण एक नक्षत्रले दीर्घ रूपमा एक वर्ष भोग गर्छ, २७ नक्षत्रको भोग २७ वर्षमा एक युग हुन्छ । मंगल, सूर्य, शनि र राहु भूकम्पका कारक हुन् ।
(लेखक सिद्धान्त शिरोमणिका रूपमा चिनिनुहुन्छ ।)
प्रतिक्रिया