राष्ट्र बैंकको सात शीर्षकमा पाँच करोडसम्मको सहुलियत कर्जा कार्यक्रम

राष्ट्र बैंकको सात शीर्षकमा पाँच करोडसम्मको सहुलियत कर्जा कार्यक्रम


नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु. पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो ।

नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको बताए । ‘थोक कर्जा वितरक र सहकारी संस्थाहरूबीच समन्वय’ विषयक वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

साथै उनले राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष बन्द हुन लागेको जानकारी पनि दिए । ‘आगामी असारदेखि ग्रामीण स्वावलम्बन कोष बन्द गर्दै छौँ,’ निमित्त निर्देशक पोखरेलले भने, ‘लघुवित्त संस्था र बैंकहरूले उक्त प्रकृतिको काम गरिरहेकाले कोष बन्द गर्ने निर्णयमा पुगेका हौँ ।’