राप्रपा प्रवेश गरेलगत्तै दीपक बोहरा वरिष्ठ नेता

राप्रपा प्रवेश गरेलगत्तै दीपक बोहरा वरिष्ठ नेता


राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरणप्रति असन्तुष्ट रहँदै आएका पूर्वमन्त्री दीपक बोहरासहितका नेता कमल थापा नेतृत्वको राप्रपा प्रवेश गरेका छन् ।

आइतबार बानेश्वरमा आयोजित कार्यक्रममा बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएका हुन् ।

राप्रपा प्रवेश गर्नेहरूमा बोहरासहित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप उदय, सहायक महामन्त्रीद्वय बिन्दु पहाडी र राजेन्द्र श्रेष्ठ रहेका छन् । यसैगरी राप्रपा प्रवेश गर्ने अन्यमा केन्द्रीय सदस्यहरू दीपक राई, ताहिर अली, मीना स्वर्णकार, सुरेन्द्र केसी छन् ।
राप्रप्रा प्रवेश गरेको केही समयमै पूर्वमन्त्रीसमेत रहेका दीपक बोहरालाई पार्टी अध्यक्ष कमल थापाले वरिष्ठ नेताको पलमा मनोनयन गरेका छन् ।

उता राप्रपा महामन्त्री जयन्त चन्द नेतृत्वको समूहले भने पार्टी परित्याग गरेको छ । चन्दसहित १८ जना नेताले पार्टी शनिबार राप्रपा छोडेका हुन् । जयन्त पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।