आजको पञ्चाङ्ग एवम् राशिफल (१४ फागुन २०७५ मंगलबार, २६ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ फागुन २०७५ मंगलबार, २६ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्यदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ हेमन्त ऋतु वि.सं. २०७५ फाल्गुण १४गते तद्अनुसार सन् २०१९ फेब्रुअरी २६ तारिख मंगलबार फाल्गुण कृष्णपक्ष सप्तमी तिथि १०ः१७ पर अष्टमी तिथि अनुराधा नक्षत्र व्याघात् योग १५ः४६ पर हर्षण योग बालब करण आनन्दादिमा बज्र योग चन्द्रमा वृश्चिक राशिमा । काठमाडौमा सूर्योदय विहान ६ः३४ मा भयो र सूर्यास्त साँझ १८ः०१ मा हुनेछ । शुभ योग अभिजित ११ः५४ देखि १२ः४० । राहु काल– १५ः१० देखि १६ः३६ दिशा शूल – उत्तर ।

आजको राशिफल :

मेष राशि – चन्द्रमा राशिदेखि आठौँ स्थानमा भ्रमणशील रहेको छ । हासविलास, भ्रमण आदिमा रुचि बढ्ला । खेलकूदप्रति आकर्षण होला । स्वास्थ्य र चोटपटक लाग्ने सम्भावनाप्रति सचेत रहनुपर्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित होला । शारीरिक र आर्थिक कार्यमा जोखिम लिनु उचित नहोला । नियम–कानूनलाई ध्यानमा राख्नु पर्ला ।

बृष राशि – अन्न धन बढ्नेछ । आय वृद्धि होला । दैनिक कार्य राम्ररी चल्नेछ । उधारो लगाइएको पैसा उठ्ला । इच्छा पूरा होला । मिठो भोजन मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ ।

मिथुन राशि – कार्यमा सफलता मिल्नेछ । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्ला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ मिल्ला । यश वर्चश्वमा वृद्धि हुनेछ ।

कर्कट राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । धर्म कर्ममा रुचि बढ्ला । यात्रा होला । ख्याति फैलिनेछ । सन्तति सुख वृद्धि होला । प्रेममा सफलता पाउनुहुनेछ ।

सिंह राशि – कुनै प्रकारको जोखिममा नपर्नु बेस रहला । स्वास्थ्य तथा चोटपटक लाग्ने कुरामा ध्यान दिनुपर्नेछ । ठूलो रकमको लगानी र महत्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । स्वास्थ्य र पाचनतन्त्रप्रति ध्यान राख्नुपर्नेछ ।

कन्या राशि – सुख शान्तिमा वृद्धि हुनेछ । साझेदारीको काम बन्ला । मिठो भोजन खान पाउनुहुनेछ । यात्रापरक काम बन्ला । इष्टमितको साथ भेटिएला । आँट उत्साह पनि वृद्धि होला ।

तुला राशि – आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । शत्रुलाई जित्ने शक्ति बढ्ला । आफन्तको सहयोग मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।

वृश्चिक राशि – सुख शान्ति मिल्नेछ । इष्टमित्रको मद्दत मिल्नेछ । अध्ययन–अध्यापनमा रुचि बढ्ला । प्रेममा सफलता प्राप्ति होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम पनि बन्नेछ ।

धनु राशि – दौडधुप रहला । खर्च बढ्नेछ । विवाद आदिमा नपर्नु उचित हुनेछ । स्वास्थ्यप्रति ध्यान राख्नुपर्नेछ । लापर्वाही गरे भोलि पछुतोमा पर्नुपर्नेछ । योजना र बजेट बनाइ काम गर्नु श्रेयस्कर छ ।

मकर राशि – आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । इष्टमित्रको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ ।

कुम्भ राशि – धन मान बढ्नेछ । सुख आनन्द बढ्नेछ । सभासमारोहमा सम्मानित हुनुहुनेछ । गौरव वृद्धि होला । राजकीय काम बन्ला । हाकिमको साथ मिल्ला ।

मीन राशि – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा बढोत्तरी होला । सुख शान्तिको अनुभूति हुनेछ । यात्रा होला । शुभ समाचार मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ ।