‘पश्चिम सेती नबन्नु दुर्भाग्यपूर्ण’

‘पश्चिम सेती नबन्नु दुर्भाग्यपूर्ण’


नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सुदूरपश्चिमको विकासको मेरुदण्डका रुपमा रहेको पश्चिम सेती परियोजना नबन्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

दीपायलमा आयोजना गरिएको एक कार्यक्रममा उनले राजनीतिक दलका नेताको खिचातानीका कारण पश्चिम सेती बन्न नसकेको आरोपसमेत लगाए । उनले भने, ‘म प्रधानमन्त्री हुँदा चिनियाँ कम्पनीसँग पश्चिम सेती बनाउने सम्झौता भएको थियो, तर नेताहरुले खिचातानी तथा अड्चन गरेका कारण त्यो काम गर्भमै तुहियो ।’

पूर्वप्रधानमन्त्री भट्टराईले दीपायलबाट प्रदेश राजधानी कैलाली सारिनु यहाँका जनतालाई ठूलै धोका भएको समेत बताए । उनले सरकार तथा राजनीतिक दलका नेताहरु जनताको मर्काभन्दा पनि आफ्नो स्वार्थमा बढी हिँडिरहेको आरोप लगाए ।